भोजपुरी भक्तिभजन एलबमको विमोचन

प्रस, वीरगंज, १५ भदौ/
भोजपुरी गायक सुनील पण्डितको भोजपुरी भक्तिभजन एलबमको शनिवार वीरगंजको गहवामाई मन्दिरमा विमोचन भएको छ ।

गायक पण्डितका दुईवटा भक्तिभजन रहेको ‘रहिया निहारता माई बेटवा तोहार’ नामक भक्तिभजन एलबमको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले विमोचन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, भोजपुरी कलाकारहरू जीतु जीतेन्द्र, अराधाना श्रीवास्तव, दीपेश शर्मा, अजय पटेललगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्