वैज्ञानिक पार्टीको जिल्ला भेला

प्रस, वीरगंज, १५ भदौ/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पर्साको प्रथम जिल्ला सम्मेलन पर्सागढी नगरपालिकामा शनिवार सम्पन्न भएको छ । सो अवसरमा बहुअर्वाबाट ¥याली निकालेर नगरपरिक्रमा गरिएको थियो । ¥यालीपछि जिग्नामा आयोजित भेलाले धनबहादुर श्रेष्ठ सचिव रहनेगरी सर्वसम्मत २७ सदस्यीय पर्सा जिल्ला कमिटी चयन गरेको छ । कमिटीका सदस्यहरूमा भगीरथी प्रकृति, विक्रम रायभर, सुशीलादेवी हजरा, रिङ्कु कुमारी, साजन यादव, शिवमङ्गल राम, रूपमाला पासवानलगायत छन् ।

भेलाले यही असोज ३–५ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागिताको लागि व्यापक जनपरिचालन गर्ने निर्णय गरेको बताइएको छ ।

भेलामा पार्टीको मिथिला भोजपुरा ब्युरो संयोजक मदन प्रभात, सचिवालय सदस्य बैधनाथ श्रमजीवी, महिला सङ्गठनकी केन्द्रीय सदस्य भागीरथी प्रकृतिलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्