दुई महिलासहित १८ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ भदौ/

मानव सेवा आश्रमको आयोजनामा बिहीवार वीरगंजमा भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १८ जनाले रक्तदान गरेका छन्। 

रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले नूतन सरावगी, मीनाक्षी गुप्ता, राकेश दास, अरुण चौधरी, दीपक चौधरी, सुरज पटेल, राजेन्द्र भट्टराईलगायतले रक्तदान गरेको बताए। 

कार्यक्रममा हरि गौतम, प्राडा दीपक शाक्य, दिलीपराज कार्की, राजन पौडेललगायतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस