नरेश यादव, पर्सागढी, १२ भदौ/
पर्सा जिल्लाको कुल क्षेत्रफलको ५४.१८ प्रतिशत क्षेत्रफलमा वनजङ्गल रहेको डिभिजन वन कार्यालय, पर्साले जनाएको छ ।
डिभिजन वन प्रमुख सुनील कर्णले पर्सा जिल्लाको कुल क्षेत्रफल एक लाख ३५ हजार १९७ हेक्टरमध्य कृषि क्ष्Fेत्रभन्दा बढी वन क्ष्Fेत्र रहेको बताए । उनले कृषि क्षेत्र ५४ हजार ४०६ हेक्टर अर्थात् ४०.२४ प्रतिशत रहेको तर वन क्षेत्र भने ७३ हजार २५० हेक्टर अर्थात् ५४.१८ प्रतिशत वन क्ष्Fेत्र रहेको बताए । यसैगरी, चरण क्ष्Fेत्र दुई हजार ७७२ अर्थात् २.०५ प्रतिशत र अन्य क्षेत्र चार हजार ७६९ अर्थात् ३.५३ प्रतिशत रहेको उनले बताए ।
जिल्लाको ७३ हजार २५० हेक्टर वन क्षेत्रमध्ये डिभिजन वन कार्यालय पर्सा मातहत ११ हजार ५२७.४७ हेक्टर मात्र रहेको र बाँकी पर्सा तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने प्रमुख कर्णले बताए । उनले यो तथ्याङ्क आव २०७९/८० मा तयार भएको भन्दै डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको ११ हजार ५२७.४७ हेक्टरमध्ये २११ हेक्टर वन क्षेत्र अतिक्रमण भएको जानकारी गराए ।
प्रमुख कर्णले आव २०७९/८० मा २१६ हेक्टर वन क्षेत्र अतिक्रमण रहेकोमा सो वर्ष पाँच हेक्टर वन अतिक्रमण मुक्त गरिएको उनले बताए । पर्सा जिल्लामा हाल सबैया, बडनिहार, रङ्गपुर, मनवा, वसन्तपुर र विन्ध्यवासिनी गरी छवटा सबडिभिजन वन कार्यालय छन् ।
उनले विन्ध्यवासिनी सबडिभिजन वन कार्यालयमा वन क्षेत्र नरहेको र बाँकी पाँचवटा सबडिभिजनमा डिभिजन वन अन्तर्गतको वन क्षेत्रमध्ये १३ देखि २८ प्रतिशत वन क्षेत्र रहेको उनले बताए ।
यसैगरी, पर्सा जिल्लामा १६८ वटा निजी वन रहेको र निजी वन क्षेत्रमा ११०.८१ हेक्टर वन रहेको उनले बताए । त्यस्तै, डिभिजन वन अन्तर्गत तारा, सागर, शिखर र जनता हरियाली सामुदायिक वन गरी चारवटा वन समूह रहेकामा ती वन समूहमा क्रमशः ०.५४, ३.१५, १.१० र २.७२ हेक्टर वन क्षेत्र रहेको उनले बताए ।
यसैगरी सबैया, विन्ध्यवासिनी–कोइलाभार र गादीमाई साझेदारी वन उपभोक्ता समिति छन् र यी तीनवटा समितिमा क्रमशः ३१३८.५१ हेक्टर, ४२८९.०२ र ३९८१.६१ हेक्टर वन क्ष्Fेत्र रहेको प्रमुख कर्णले बताए ।