पर्साका पहलवानहरू पेशाबाट पलायन हुँदै

धर्मेन्द्र चौरसिया, पोखरिया, २९ साउन/ पर्सा जिल्लाका पहलवानहरू पेशाबाट पलायन हुँदैछन् । तीनै तहका सरकारले पहलवानहरूको हकमा कुनै काम नगर्दा यो पेशाबाट उनीहरू जीवन धान्न नसक्ने देखेर पलायन हुन थालेका हुन् । पछिल्लो समयमा ख्यातिप्राप्त पहलवान जवाहिर खलिफासहित यो पेशाबाट २५ जनाभन्दा बढी अन्य पेशामा गएको पहलवान बृजकिशोर यादव बताउँछन् । अहिले स्थानीय सरकार भएपनि […]
नगरप्रमुख र वडाध्यक्षबीच घम्साघम्सी

नरेश यादव, पर्सागढी, २९ साउन/ जीतपुरसिमरा उपमहानगरपालिका–२ अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरामा शिक्ष्Fक सरुवाको विषयलाई लिएर नगरप्रमुख राजन पौडेल र वडाध्यक्ष धनबहादुर श्रेष्ठबीच घम्साघम्सी भएको छ । नगरप्रमुख पौडेल मङ्गलवार स्थानीय प्रहरी र नगरप्रहरीसहित विद्यालयमा पुगेका थिए । उनले सरुवा भएका मेघराज अधिकारीलाई रमानापत्र नबुझाएको र हाजिरी गराएर काम गराएको भन्दै विद्यालयमा गएर रजिस्टर […]
कालिकामाई गापा कार्यालयमा तालाबन्दी

प्रस, पोखरिया, २१ साउन/ कालिकामाई गाउँपालिका कार्यालयमा मङ्गलवार तालाबन्दी भएको छ । करारमा कार्यरत हाल आठजना कर्मचारीको म्याद थपको विषयलाई लिएर उपाध्यक्ष्F राजपति देवी बरइनीको नेतृत्वमा आन्दोलनकारी र समर्थकहरूले पालिकाको मूलगेट र गापा अध्यक्ष, उपाध्यक्ष्Fको कक्षमा तालाबन्दी गरेका छन् । एक वर्षअगाडि स्वास्थ्य सेवामा संलग्न १० जना करार कर्मचारीको म्याद थप गरिएको थिएन । सोही […]
गङ्गोल नदीमा बनेको पुलको अवस्था जीर्ण

प्रस, पोखरिया, २९ साउन/ हुलाकी सडक अन्तर्गत जगरनाथपुर गाउँपालिकाको गङ्गोल नदीको खोलामा बनेको पुलको अवस्था जीर्ण बन्दैछ । हुलाकी सडक निर्माणको क्रममा बनेको यो पुल बारम्बार बिग्रिरहेको र यसको मरम्मतसम्भारमा सरोकारवाला पक्षले खासै ध्यान नदिंदा दुर्घटनाको सम्भावना बढ्दै छ । एक वर्ष अघि पुलको विभिन्न स्थानमा खाल्डो परेको थियो । यसको मरम्मतसम्भार गरिएको भएपनि अहिले […]
मधेस प्रदेशका सबै राज्यमन्त्री पद मुक्त

प्रस, जनकपुरधाम, २९ साउन/ मधेस प्रदेशका सबै राज्यमन्त्री हटाइएका छन् । प्रदेश सरकारबाट आठजना राज्यमन्त्रीलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार जनाएको छ । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका आठजनै राज्यमन्त्रीलाई हटाएका हुन् । पहिलेका तीनजना र हालै एक साता अघि नियुक्त भएका पाँचजनासमेत आठजना राज्यमन्त्रीलाई हटाउन मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयमा […]
रूखको हाँगा भाँच्चिएर महिलाको मृत्यु

प्रस, निजगढ, २९ साउन/ निजगढ नगरपालिका–१० लालमा मङ्गलवार रूखको हाँगा भाँचिएर खस्दा मोटरसाइकलमा सवार तीनजनामध्ये एकजना महिलाको घटनास्थलमैं मृत्यु भएको र दुईजना घाइते भएका छन् । निजगढ नपा–१० लाल निवासी २२ वर्षीया अस्मिता मोक्तानको सो दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । घरबाट रतनपुुरतर्फ प्रदेश नं २–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमा जाँदै […]
ज्वाइँको कुटाइबाट घाइते भएका ससुराको मृत्यु

प्रस, वीरगंज, २९ साउन/ ससुराको हत्या गरेको आरोपमा पर्सा प्रहरीले ज्वाइँलाई पक्राउ गरेको छ । वीरगंज महानगर–७ रामटोल बस्ने सीताराम सर्राफलाई निजका ज्वाइँ कलैया उपमहानगरपालिका–१ राजदेवी घर भई हाल वीरगंज–१० प्रगतिटोलमा डेरा गरी बस्ने ३१ वर्षीय साजन सर्राफले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते ससुरा सीतारामको सोमवार नारायणी अस्पताल, वीरगंजमा निधन भएको थियो । निधन […]
अग्रवाल धरौटीमा रिहा, प्रहरी शङ्काको घेरामा

प्रस, वीरगंज, २९ साउन/ वीरगंज महानगर–१० आदर्शनगर निवासी निरञ्जन अग्रवाललाई पर्सा जिल्ला अदालतले धरौटी बुझेर तारेखमा रिहा गरेको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अग्रवाललाई रु दुई लाख पचास हजार धरौटीमा रिहा गर्न आदेश गरेका थिए । आदेशसँगै अग्रवालले सोबापतको रकम जम्मा गरेर रिहा भएका छन् । साउन १६ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाललाई झूटो […]
ट्रक दुर्घटनामा चालकको ज्यान गयो

प्रस, सप्तरी, २९ साउन/ मङ्गलवार बिहान सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मोरड्ढो उर्लाबारी नगरपालिका वडा नं १ निवासी २५ वर्षीय सबिन राई रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । जिप्रका, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बिहान करीब ६ः३० बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत […]
करणी गर्न खोजेको आरोपमा पक्राउ

प्रस, सिराहा, २९ साउन/ १५ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नं ४ बडहरा निवासी सुशील सदाय रहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । घटनापछि फरार रहेका युवकलाई विशेष सूचनाको आधारमा उनकै घरबाट पक्राउ गरिएको सिराहाका प्रहरी उपरीक्षक […]