गोदामको पसलमा चोरी

सुग्रीव साह, भिस्वा, २३ साउन/
छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित एक पसलमा गएराति चोरी भएको छ ।

स्थानीय राजेश गोदारको पसलमा चोरी भएको प्रहरीले जनाएको छ । गोदार उपचारको लागि भारतको बेतिया गएको मौका छोपी चोरले माथिल्लो तलाको ढोका फोडेर घरमा प्रवेश गरेको र भुइँतलामा रहेको पसलबाट नगद, सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ ।

घरधनी नभएकोले चोरीको यकीन जानकारी हुन सकेको छैन । पसलधनी बाहिर गएको मौका छोपी भएको चोरीमा उनका नजीकका मानिस संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्