प्रस, पर्सागढी, २३ साउन/
पर्सागढी नगरपालिकाका सातजना वडाध्यक्षले नगरसभाको समयमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन् ।

वडाध्यक्षहरू शङ्कर रायभर, रामबरई यादव, सुकमान तामाङ, शेख खुर्सेद, नितेश मिश्र, नवलकिशोर कलवार र सुन्दरीदेवी थरुनीले बुधवार प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीलाई ज्ञापन बुझाउँदै नगरसभा सम्पन्न गर्ने क्रममा नगरप्रमुख गोकर्ण पाठकले गरेका प्रतिबद्धता अनुसारको बजेट कार्यान्वयनमा ल्याउन माग गरे ।

असार १० गते नगरसभा सम्पन्न गर्ने क्रममा सोको एक दिन पहिलेसम्म विरोधमा रहेका सातजना वडाध्यक्षको माग अनुसारको बजेट विनियोजन हुने नगरप्रमुख पाठकले प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुसार बजेट तयार गरिएको तर अहिलेसम्म कार्यान्वयनमा नल्याइएको भन्दै आज सातजना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशीमार्फत नगरप्रमुख पाठकको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले आफ्नो माग चाँडो सम्बोधन गरिनुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here