प्रस, जनकपुरधाम, २२ साउन/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएका छन् ।

प्रदेशको विकासका निम्ति दीर्घकालीन सकारात्मक असर पार्ने केही योजनालाई आफूहरूले अघि बढाउन खोजेको भन्दै मुख्यमन्त्री सिंहले यसमा सङ्घीय सरकारले साथ दिनुपर्ने माग गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण पूरा गर्नुपर्ने, जनकपुर–जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यीकरण गर्नुपर्ने मुख्यमन्त्रीले मागपत्रमा उल्लेख गरेका छन् ।

जनकपुरधामस्थित बा¥हबिघा रङ्गभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेस प्रदेशका आठ जिल्ला भारतीय नाकासँग जोडिएका हुनाले पर्यटक भिœयाउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने प्रधानमन्त्रीलाई बुझाइएको मागपत्रमा उल्लेख छ ।

यसैगरी, कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा शहर जनकपुर र वीरगंजमा व्यापारका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध मिलाउन माग गरेका छन् ।

कृषि अनुदान कृषकको खातामा सीधैं जानुपर्ने व्यवस्था मिलाउनुपर्ने, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयनमा ल्याउनुपर्ने, हरेक जिल्लामा उद्योग क्षेत्र निर्माण गर्नुपर्ने, मधेस प्रदेशमा आइटी पार्क निर्माण गर्नुपर्ने सो मागपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here