प्रस, वीरगंज, २२ साउन/
मधेस प्रदेश सरकारमा थप पाँचजना राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलवार काङ्ग्रेसबाट दुई, जनमत, एमाले र लोसपाबाट एक/एक जना गरी पाँचजना राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरूमा एमालेबाट भौतिक, पूर्वाधार विकास राज्यमन्त्री महम्मद जयद आलम, नेकाबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर, ऊर्जा सिंचाइ सरसफाइ तथा खानेपानी मन्त्री नीलमकुमारी रजक र लोसपाबाट शिक्ष्Fा तथा संस्कृति राज्यमन्त्री रामबाबू यादव तथा जनमतबाट उद्योग, पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् ।
यससँगै मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् २० सदस्य भएको छ । जसमा मुख्यमन्त्रीसहित जनमतका तीन, एमाले र काङ्ग्रेसका चार/चार र लोसपाको एक मन्त्रालय छ ।
यसअघि, एमाले र जनमतका दुईजना राज्यमन्त्री नियुक्त भएका छन् । आज थप पाँच राज्यमन्त्रीसँगै मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।