ग्रीन सिटी सामुदायिकद्वारा वृक्षारोपण

प्रस, वीरगंज, २२ साउन/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले वीरगंज–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । कार्यक्रममा ९० थान विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्ष्Fक कुमोध ढुङ्गेल, सशस्त्र प्रउ राधेश्याम धिमाल, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीणा, प्रहरी निरीक्षक नीता थापा, डिभिजन वन कार्यालय पर्साका सुनीलकुमार कर्णलगायतले वृक्षारोपण गरेका
थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्