प्रस, महोत्तरी, २२ साउन/
महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष मिनु झा पदमुक्त भएकी छन् ।
मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष झाका साथै मनोनीत पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले अस्पताल व्यवस्थापन समितिलाई गत साउन २ गते सोधेको स्पष्टीकरणको उचित जवाफ नआएकोले साउन २० गतेको बैठकले जलेश्वर प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पदमुक्त गरिएको कुरा मङ्गलवार अस्पताललाई प्राप्त मन्त्रालयको पत्रमा उल्लेख छ ।
यस सम्बन्धमा पदमुक्त भएकी झाले भने आफूहरूलाई मन्त्रालयले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएकी छन् ।