मनसुनपछि मौसममा परिवर्तन आएसँगै छालासम्बन्धी समस्या पनि शुरू हुन्छ । सोरायसिस, दाग र सुक्खा छालाजस्ता समस्याले मानिसलाई सताउन थाल्छ । भारत, गोरखपुरको माधवार्पण अस्पतालका प्रमुख फिजिसियन मृत्युञ्जय त्रिपाठीले छालासम्बन्धी समस्या भएमा केही सजिलो र प्रभावकारी उपाय बताएका छन् ।
वैद्य त्रिपाठीका अनुसार मनसुनपछि चीसो मौसममा पित्तको प्रकोप बढ्दै जाँदा छाला रोगको जोखिम बढ्छ । उनले यो मौसममा सुक्खा खानेकुरा र बेकरीका सामानको सेवन नगर्न बताए । यसका अलावा पेट सफा राख्नु पनि धेरै महŒवपूर्ण छ, किनभने पेटको प्रत्यक्ष सम्बन्ध छालासँग हुन्छ । छालासम्बन्धी रोगबाट जोगिन उनले केही सुझाव दिएका छन् ।
मौसमी तरकारी खानुहोस् ः करैला, परवर, अमला, लौका, नरिवल र अङ्कुरित अन्नजस्ता मौसमी तरकारी खानुपर्छ । यी तरकारीहरूले पित्त शान्त पार्न मदत गर्छ ।
नियमित व्यायाम ः चीसो मौसममा पित्तको प्रकोपका कारण रक्तचाप बढ्न सक्छ । नियमित व्यायामले रक्तचाप नियन्त्रणमा राख्छ र छाला स्वस्थ रहन्छ ।
हल्का खाना ः जौ र मुङ्गको दालबाट बनेको रोटी खाँदा पेट हलुका रहन्छ र छाला रोगको जोखिम कम हुन्छ ।
पर्याप्त पानी ः पानीले छालालाई हाइड्रेटेड राख्न मदत गर्छ र छालाको रोगबाट बचाउँछ ।
यी उपाय गरे छाला रोगबाट सजिलै छुटकारा पाउन सकिने चिकित्सक त्रिपाठी बताउँछन् । प्राकृतिक उपचारले छालाको रोग निको पार्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न मदत गर्ने उनको भनाइ छ ।