भारतमा यस्ता थुप्रै गाउँ छन्, जहाँको परम्परा अद्वितीय छ । यी परम्पराहरू पछाडिका कथाहरू पनि धेरै रोचक छन् । एउटा यस्तो गाउँ छ, जहाँको परम्परा सुनेर तपाईं छक्क पर्नुहुनेछ ।

अनौठो गाउँ ः राजस्थानको मरुभूमि क्षेत्रमा अवस्थित रामदेयो गाउँ अनौठो परम्पराका लागि विश्वभर प्रसिद्ध छ । यस गाउँमा हरेक व्यक्तिले दुईपटक विवाह गर्छन् । यो सदियौंदेखि चलिआएको परम्परा हो । यो परम्पराको कारण आप्mनो धार्मिक आस्था रहेको गाउँका मानिसहरूको विश्वास छ । उनका अनुसार पुरुषको एउटा पत्नी भए परिवारमा छोरी मात्रै जन्मिन्छे । छोरा पाउनको लागि फेरि बिहे गर्नुपर्छ । यहाँका पुरुष दुवै पत्नीसँग बस्ने गर्छन् । दुवै पत्नी एउटै घरमा मिलेर बस्छन् र एकअर्कालाई दिदीबहिनी जस्तै मान्छन् । तर नयाँ पुस्ता यो परम्पराबाट असन्तुष्ट छन् । युवा पुस्ताले यो परम्परा पुरानो भएको र त्यसलाई परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । एक व्यक्तिले दुईटा विवाह गर्नु कानूनीरूपमा गलत भएको उनीहरूको भनाइ छ ।

गाउँको यो अनौठो चलन प्रशासनलाई पनि थाहा छ । तर यस विषयमा अहिलेसम्म कुनै कारबाई भएको छैन । यस विषयमा कानूनी प्रक्रिया अघि बढाउनु अघि सबै पक्षमा विचार गरिने प्रशासनले जनाएको छ ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here