पुरस्कृत व्यक्ति चन्द्रकिशोरलाई वीरगंजमा सम्मान

प्रस, वीरगंज, २१ साउन/
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा पुरस्कारबाट सम्मानित पत्रकार चन्द्रकिशोर झालाई आइतवार वीरगंज पब्लिक कलेजले सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले चन्द्रकिशोर कर्मले अगाडि बढेको बताए । मानिसले हाम्रFे समाजमा विभिन्न किसिमका कर्म गरेर अगाडि बढेका हुन्छन् तर चन्द्रकिशोरले समाजको उत्तरदायित्व बोकी आप्mनो कर्तव्यलाई आत्मसात् गरी अगाडि बढेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएको बताए ।

उनले समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा चन्द्रकिशोरले कलम चलाइरहेको बताए । उनले आप्mनो लेखनशैलीबाट समाज परिवर्तनमा प्रयास गरिरहे पनि त्यो लेखरचना सर्वसाधारणको पहुँचमा भएर पनि व्यवहारमा उतार्न नसकिएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश डा रतनबहादुर बागचनले व्यक्तिगतरूपमा चन्द्रकिशोरसँग सम्बन्ध नभए पनि उनका लेखरचनाले पत्रकारिताको माध्यमबाट तराई–मधेसलाई देशसँग जोड्ने काम गरेको बताए ।

मुख्य न्यायाधीश बागचनले पत्रकारिताको संवेदनशीलता बुझ्ने व्यक्ति मात्र यस पेशामा अगाडि बढ्न सक्ने बताउँदै अहिले पत्रकारिता क्ष्Fेत्रमा फरक ढङ्गका व्यक्तिहरूको एक्कासि प्रवेश बढेपछि पत्रकारिता बदनाम हुँदै गएको बताए । पीत पत्रकारिताका कारण पत्रकारमाथि प्रश्नचिह्न खडा भइरहेको अवस्थामा चन्द्रकिशोरको विचारलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा चन्द्रकिशोरले काठमाडौंबाहिरको पत्रकारिता वीरगंजले सिकाएको बताए । उनले वीरगंजले आपूmलाई जुध्न र बाँच्न सिकाउँदै कर्मभूमिको रूपमा आफूले स्वीकार्दै अगाडि बढेको बताए । वीरगंज आफैंमा सम्मानित शहर हो, यसभित्र घात, प्रतिघात हुने गर्छ । यसबीच हामीजस्ता कामगरी खाने व्यक्तिहरू सीमित मात्रामा अगाडि बढेको उनको भनाइ थियो ।

वीरगंज पब्लिक कलेजका अध्यक्ष्F प्रFडा दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F अनिल अग्रवाल, केन्द्रीय सदस्य सुबोध गुप्ता, प्राडा सुषमा तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका संयोजक अरविन्द श्रेष्ठ र स्वागत डा वासु कर्णले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्