पेरिस, २० साउन/एएफपी
शनिवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले १६ स्वर्ण, १२ रजत र नौ कांस्यसहित सबैभन्दा बढी ३७ पदकसहित अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा संयुक्त राज्य अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १५ कांस्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित २७ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १० स्वर्ण, १० रजत र १३ कांस्यसहित कुल ३३ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र पाँच कांस्यसहित कुल २२ पदक जितेको छ भने जापानले आठ स्वर्ण, पाँच रजत र नौ कांस्यसहित २२ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ ।
आठौं स्थानमा रहेको इटालीले छ स्वर्ण, आठ रजत र पाँच कांस्यसहित कुल १९ पदक जितेको छ भने नेदरल्यान्ड्सले छ स्वर्ण, चार रजत र चार कांस्यसहित कुल १४ पदक जित्दै नवौं स्थानमा रहेको छ । क्यानडाले चार स्वर्ण, चार रजत र सात कांस्यसहित कुल १५ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस