उच्च रक्तचापका बिरामीको सङ्ख्यामा निकै वृद्धि भइरहेको छ । किनभने यहाँका मानिसहरूले नुनिलो खानेकुरा बढी खान्छन् । नुनिलो खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ, जसले गर्दा रक्तचापको समस्या निम्त्याउँछ । यसबाहेक धेरै तेलयुक्त वा प्रशोधित खाना खाने मानिसहरूको धमनीमा कोलेस्ट्रोल जम्मा हुन थाल्छ । जसका कारण ब्लकेज हुने र रक्तप्रवाहमा समस्या हुने गर्छ । यस्तो अवस्थामा रगतलाई मुटुसम्म पु¥याउन धेरै मेहनत गर्नुपर्ने हुन्छ, यसलाई उच्च रक्तचाप भनिन्छ ।
जब रक्तचाप बढ्छ, हृदयरोग शुरू हुन्छ, जसमा हृदयाघात, मुटु फेलियर, कोरोनरी धमनी रोग र ट्रिपल वेसल डिजिज पर्छन् । सामान्यतया जब तपाईं तनावमा हुनुहुन्छ भने पनि उच्च रक्तचाप हुन सक्छ । यस्तो अवस्थामा मानिसहरू धेरै रिसाउँछन् । पोषण विशेषज्ञ निखिल वत्सले रक्तचाप नियन्त्रण गर्ने फलफूलबारे यसो भन्छन्ः
केराः उच्च रक्तचापका बिरामीले केरा खानुपर्छ, यो साधारण फल हो र धेरैलाई मन पर्छ । यो फलमा पोटाशियम प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचापको समस्यालाई कम गर्छ ।
सुन्तलाः रोग प्रतिरोधात्मक क्षमता बढाउन सुन्तला खान्छौं, किनभने यसमा भिटामिन ‘सी’ प्रशस्त हुन्छ, यस अमिलो फलमा सिट्रस एसिड हुन्छ र यसले रक्तचाप बढ्नबाट रोक्छ ।
स्याउः स्याउ एकदमै स्वस्थ फल हो, हामीले प्रायः सुनेका छौं, दिनहुँ एउटा स्याउ खानुभयो भने चिकित्सककहाँ जानुपर्दैन । स्याउ एन्टिअक्सिडेन्टले प्रचुर स्रोत हो, जसले शरीरका धेरै समस्यालाई हटाउन सक्छ र रक्तचापका बिरामीका लागि यो औषधिभन्दा कम छैन ।– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)