प्रस, वीरगंज, १८ साउन/
प्रेस काउन्सिल नेपालले आव २०७८/७९ को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतीजा आज सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्ष्Fण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आव २०७८/७९ को पत्रपत्रिका वर्गीकरण/मूल्याङ्कनको प्रारम्भिक नतीजा सार्वजनिक गरेको छ ।

आव २०७८/७९ मा ९०० वटा आवेदन परेकामा ७९३ वटा पत्रपत्रिका वर्गीकरणमा परेका छन् भने ७० वटा पत्रिका कागजात अपुग भई स्थगनमा छन् । त्यस्तै, ३७ वटा पत्रिका हूबहूमा परेका प्रेस काउन्सिल नेपालले जनाएको छ ।
आव २०७८/७९ मा १७५ वटा ‘क’ वर्गमा, ४०२ वटा पत्रिका ‘ख’ वर्गमा, २१६ वटा पत्रिका ‘ग’ वर्गमा परेका छन् । त्यस्तै, राष्ट्रिय वर्गमा ११८ वटा, प्रदेश वर्गमा १४३ वटा, स्थानीय वर्ग ५३२ वटा पत्रिका परेका छन् ।

आव २०७८/७९ मा १७३ वटा दैनिक, दुईवटा अर्ध साप्ताहिक, ४६५ वटा साप्ताहिक, १३ वटा पाक्षिक, ६० वटा मासिक, पाँचवटा द्वैमासिक, आठवटा त्रैमासिक, ५५ वटा साहित्यिक, १२ वटा भाषाभाषी पत्रिका वर्गीकरणमा परेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले जनाएका छन् ।

हरेक वर्षझैं आव २०७८/७९ मा पनि प्रतीक दैनिक राष्ट्रिय ‘क’ वर्गमा वर्गीकृत भएको छ ।

पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतीजाउपर चित्त नबुझ्नेले आधार प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र र दोब्बर दस्तुरसहित थप सात दिनभित्र पुनर्योग/पुनरावलोकनको लागि निवेदन दिन सकिने प्रेस काउन्सिलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here