कार्बनको एउटा अणु र आक्सिजनको दुई अणु मिलेर कार्बन डाइक्साइड बन्दछ र त्यसबाट आक्सिजनको एउटा अणु झिकिदियो भने कार्बन मोनोक्साइड बन्छ । कार्बन मोनोक्साइड हावाको सामान्य संरचना होइन, तर कार्बन डाइक्साइड सामान्य संरचना हो र यसैबाट कार्बन मोनोक्साइड बन्दछ । सामान्य संचरना नभए पनि कार्बन मोनोक्साइड यति धेरै मात्रा प्राप्त हुन्छ कि यसबाट जोगिन सकिएन भने मान्छेलाई मारिदिन्छ र थाहा पनि हुँदैन । यसलाई जलायो भने नीलो रङ्गको ज्वालाको साथ बल्छ र कार्बन डाइअक्साइड बन्छ । कार्बन डाइअक्साइड ग्रीनहाउस ग्याँस हो, जुन ग्लोबल वार्मिड्ढो मुख्य कारक हो । अतः कार्बन मोनोक्साइड परोक्षरूपले ग्लोबल वार्मिड्ढो भारी कारक अवश्य हो । कार्बन मोनोक्साइड पानी र अल्कोहल दुवैमा घुल्दैन तर हावामा सजिलै मिसिएर सामान्य गतिमा पनि चारैतिर फैलिन्छ । जहाँ पनि जलाउने घटना अधूरो हुन्छ, त्यहाँ कार्बन मोनोक्साइड निस्किन्छ । गनपाउडर र डायनामाइट विस्फोटमा आठ प्रतिशत र कोलमाइनमा १० प्रतिशत कार्बन मोनोक्साइड हुन्छ । यसको अतिरिक्त कपडा सुखाउने मेशीन, वाटरहिटर, ब्वायलरको फर्नेस, दाउरा वा कोइला जलाउने ठाउँ, ग्याँस स्टोभ, मोटरको सवारी, जेनेरेटर, दाउरा, तम्बाकुको धूवाँ सबैबाट कार्बन मोनोक्साइड प्राप्त हुन्छ । एउटा २० हर्स पावरको यान वा कारले प्रतिमिनट एक क्युबिक फिट कार्बन मोनोक्साइड छोड्छ । जसले १०ह३० फिटको ग्यारेजलाई १० मिनटभित्र मृत्युकारक बनाइदिन्छ । हामी प्रायः अखबारमा पढ्न पाउँछौं कि जाडो छल्न कोइला बालेर झ्याल–ढोका थुनेर सुतेको मान्छे सुतेको सुत्यै भयो । दाउरा वा हिटर बालेर कहिलै झ्याल–ढोका थुनेर सुत्नुहुँदैन । त्यसबाट पनि कार्बन मोनोक्साइड नै निस्किन्छ । मात्रा कम वा बेसी मात्र हो । घर भित्र र बाहिरको हावामा यसको मात्रा बराबर हुनुपर्छ । कार्बन मोनोक्साइको सात पिपिएम मात्रामा विषाक्तता शुरू हुन्छ र २०० पिपिएममा मृत्युकारक बन्छ । रगतमा कार्बन मोनोक्साइड शून्य हुनुपर्छ तर शहरी मानिस र स्मोकरमा यो ३.५ प्रतिशत हुन्छ । अमेरिकामा यसले प्रतिवर्ष ४०० को दरले मृत्यु हुन्छ, जुन मान्छेले थाहा नै पाउँदैन । निकेल र आयरनसँग प्रतिक्रिया गरेर यसले एउटा रङ्गहीन द्रव बनाउँछ, जसलाई कार्बोनिल भनिन्छ । क्लोरिनसँग मिलेर कार्बोनिल हाइड्रोक्लोराइड बनाउँछ, जसलाई फास्जिन ग्याँस पनि भनिन्छ, जुन वार–ग्याँस हो, जसको द्वितीय विश्वयुद्धमा व्यापक प्रयोग भएको थियो । कार्बन मोनोक्साइड प्वायजनिड्ढो मेकानिज्म र आक्सिजनको मेकानिज्म एउटै हो । के हुन्छ आक्सिजन सासमा गएपछि ? रगतले त्यसलाई टिप्छ र अक्सिहेमो ग्लोबिन बनाउँछ, जुन कोषकोषमा पुग्छ, जहाँ कोषले त्यसलाई टिपेर हेमोग्लोबिन छाडिदिन्छ, जसले फेरि त्यही चक्र चलाइरहन्छ । यदि त्यसको सट्टा कार्बन मोनोक्साइड सासमा जान्छ भने एउटा विचित्र स्थिति पैदा हुन्छ । रगतको आकर्षण आक्सिजनभन्दा कार्बन मोनोक्साइडप्रति ३०० गुणा बढी हुन्छ । रगतले कार्बन मोनोक्साइड टिपेर त्यसभन्दा पनि तीव्ररूपमा कार्बोक्सी हेमोग्लोबिन बनाउँछ । त्यो रगत जब कोषकोषमा पुग्छ, तब कोषले आक्सिजनको सट्टा कार्बन मोनोक्साइड प्राप्त गर्छ । अनि कोष फसादमा पर्छ । सेल रेसपिरेशनको लागि त आक्सिजन नभई नहुने कुरा हो । अतः सेल रेसपिरेशन नै बन्द हुन्छ । अतः आक्सिजनविना जसरी मान्छे मर्छ, त्यसरी नै आक्सिजनविना कोष मर्न थाल्छ । यदि मान्छे रक्ताल्पताको शिकार छ भने पहिलेदेखि नै उसको रगतको आक्सिजन ढुवानी गर्ने शक्ति कम हुन्छ । कार्बन मोनोक्साइड पुगेर त्यस शक्तिलाई झन् कमजोर पारेर मृत्युको कारक बन्छ । बुढेसकाल र अन्य बिमारीले पनि कार्बन मोनोक्साइडको विषाक्ततालाई बढाइदिन्छ । बढी तापक्रम, उचाइ र आद्र्रताले पनि कार्बन मोनोक्साइडको विषाक्तता बढाउन मदत गर्छ । यसको प्वायजनिङ रगतमा यसले बनाउने कार्बोक्सी हेमोग्लोबिनको मात्रामा निर्भर गर्छ । जब रगतमा यस्तो हेमोग्लोबिनको मात्रा १० देखि ३० प्रतिशत हुन्छ, तब हलुका, ३० देखि ४० प्रतिशत हुँदा मध्यम र ४० प्रतिशतभन्दा बढी भयो भने कडा रूपको विषाक्तता हुन्छ । जब बढी संपृक्त कार्बन मोनोक्साइड सासमा जान्छ, तब अचानक कमजोरी र चक्कर आउँछ, जुन शीघ्र बेहोशीमा परिवर्तित भएर फोक्सो फेल भएर मृत्यु हुन्छ । रोगीलाई कार्बन मोनोक्साइडमुक्त स्थानमा ल्याइयो भने ३, ४ वा ५ दिनसम्म बाँच्छ । त्यसपछि पनि मान्छे मर्न सक्छ, जसको कारण ब्रोन्कोनिमोनिया वा फोक्सोको सुजन हुन्छ ।
यदि डाइल्युट कार्बन मोनोक्साइड सासमा जान्छ भने कपाल तन्किने, चक्कर, उत्तेजना, अस्थिर भाव र भ्रम, टाउको टनटन दुख्ने, कानमा आवाज आउने, वाकवाकी र कहिलेकाहीं बान्ता हुने, मांसपेशीको कमजोरी, हलचल गर्न नसक्ने, थकान, स्थिर रहन नसक्ने, मधुरो आवाज, अनिदोपन, स्थिर र फैलिएको आँखाको नानी, दृष्टि धमिलो हुने, सासको गति बढ्ने र मृत्यु हुने यसका लक्षण हुन् । नाडीको गति तेज तर मधुरो, कम रक्तचाप, मायोकार्डियल इस्चेमिया वा इन्फाक्र्सन र एरिदिमया पनि रेकर्ड गरिएको छ । यसबाहेक कलेजो बढेको, रक्तस्राव र पिसाबमा सुगर र अल्बुमिन देखिन्छ । कहिलेकाहीं लामो प्वायजनिङमा बिसेक भएपछि पनि नसाजन्य लक्षण हुन्छ, जसमा सिरेब्रल रक्तस्राव, इन्सेफ्लाइटिस, पार्किन्सनिज्म, अप्टिक न्युराइटिस, कोरिया, पाराप्लेजिया, स्मरणशक्ति कम हुने, बोल्न नसक्ने, भ्रम, मेनिया र क्वासियोरकोर सिन्ड्रोम कडा मालन्युट्रिशनको लक्षण देखिन्छन् ।
प्वायजनिङ भएपछि कार्बोक्सी हेमोग्लोबिनको स्तर जबसम्म २० प्रतिशत हुँदैन, तबसम्म केही हुँदैन । जब स्तर २० प्रतिशत पुग्छ, तब केवल थकान र टाउको दुख्ने मात्र हुन्छ । त्यसपछि स्तर जसैजसै बढ्दै जान्छ, त्यसैत्यसै लक्षण पनि बढ्दै जान्छ र ८० प्रतिशत पुगेपछि मृत्यु हुन्छ । यदि हावामा कार्बन मोनोक्साइड ०.०१ प्रतिशत छ भने सुरक्षित मानिन्छ । जब ०.०२ र ०.५ प्रतिशत हुन्छ, त्यसको विभिन्न असर देखिन्छ । जब स्तर ०.२५ वा कोइलाको ग्याँस ३ देखि ३.३ प्रतिशत हुन्छ भने त्यसले वयस्कलाई पनि चार घण्टामा मृत्युको मुखमा पु¥याइदिन्छ । यदि स्तर कम्ती छ, तर सासद्वारा लिने अवधि लामो छ भने पनि ज्यान जान्छ । त्यसैले वैज्ञानिक हेन्डर्सन र हेगार्डले निम्न सूत्र दिएका छन् ः
एमाउन्ट कार्बन मोनोक्साइड एन्ड टाइम अफ एक्सपोजर इन आवर्स गुणा १०००० पार्ट हावामा कार्बन मोनोक्साइडको स्तर । यदि उपरोक्त सूत्रको गुणनफल छभन्दा कम छ भने कुनै लक्षण देखिंदैन । जब नौ बराबर पुग्छ, तब थकान र टाउको दुखाइ देखिन्छ । १५ पुगेपछि खतरा हुन्छ र शीघ्र मृत्युको कारक बन्छ ।
कार्बन मोनोक्साइडको क्रोनिक प्वायजनिड्ढो मतलब समयसमयमा यसबाट प्रभावित भइरहन्छ । जस्तै ग्यारेजमा काम गर्ने मजदूर, ग्याँसघरमा काम गर्ने र खराब भेन्टिलेशन भएको कोठामा बस्नेहरूमा देखिन्छ । यसमा कपाल दुख्ने, मानसिक कमजोरी, स्मरणशक्तिमा कमी, औंलामा संवेदना नहुनु, रक्ताल्पता, दृष्टि गडबडी र कसैकसैमा धरमरिने तथा पिसाबमा सुगर आदि देखिन्छ ।
कार्बन मोनोक्साइड प्वायजनिङमा रोगीलाई तुरुन्त बाहिरको ताजा हावामा सुताउनुस् वा ग्याँस बन्द गरेर कोठाका सबै झ्याल–ढोका खोलिदिनुस्, कृत्रिम सFस दिनुस् र १०० प्रतिशत आक्सिजन दिन शुरू गर्नुस्, जसले कार्बोक्सी हेमोग्लोबिनको स्तर कम होस् । सामान्य स्वास्थ्य भएको मान्छेले सास मात्र लियो भने स्तर कम गर्न २०० मिनेट लाग्छ, जबकि १०० प्रतिशत आक्सिजन पनि सँगै दिइयो भने ४० मिनेट लाग्छ । भनिन्छ, आक्सिजनको कार्य तीव्र पार्न त्यसमा पाँच प्रतिशत कार्बन डाइक्साइड पनि थप्नुपर्छ । तर धेरैको भनाइ छ कि यसो गर्दा रगतको पिएच घट्छ । कडा खाले रोगीमा एक एमएल एड्रिनलिन छालामुनि र २५ प्रतिशत कोरामिन दिनुपर्छ तथा आवश्यकता अनुसार आधा वा एक घण्टा पछि दोहो¥याउनुपर्छ । शरीरलाई काम्लो र पानीको तातो ब्यागले तातो राख्नुपर्छ । कडा किसिमको कोलेप्समा नर्मल स्लाइन छालामुनि दिनुपर्छ । कडा सिरेब्रल डिप्रेशनमा एक्सचेन्ज ट्रान्सफ्युजन र हाइपोथर्मिया उपयोगी हुन्छ । २० मिनेटमा २० प्रतिशत मेनिटोल ५०० एमएल वा ५० प्रतिशतको ४० एमएल नसाबाट दिनुपर्छ वा हाइड्रोकर्टिसोन सिरेब्रल सुजन कम गर्नको लागि दिनुपर्छ । एक्युट वा क्रोनिक दुवै विषाक्ततामा ५००० एमएल छ प्रतिशत डेक्सट्रोजमा ०.५ एमएल प्रोकेन हाइड्रोक्लाराइड पनि पाँच दिनसम्म जरुरी हुन्छ । साइटोक्रोम पनि नसाबाट दिन सिफारिश गरिन्छ । यदि उपलब्ध छ भने दुई वा साढे दुई हावाको दबाबमा हाइपरवेरिक आक्सिजन आधादेखि साढे एक घण्टासम्म दिने उपचार छनोट गर्नुपर्छ तर फोक्सोको सुजन र रक्तस्राव तथा आक्सिजनको रिस्क ध्यानमा राख्नुपर्छ । सास लिन शुरू भएपछि रोगीमा विषाक्ततताको प्रभावलाई सावधानीपूर्वक निगरानी गर्नुपर्छ र रोगीले निल्न सक्छ भने तातो चिया वा कफी दिनुपर्छ । फोक्सोको सङ्क्रमण रोक्न उचित एन्टिबायोटिक अवश्य दिनुपर्छ ।
कार्बन मोनोक्साइडको विषाक्तता प्रायः दुर्घटनास्वरूप नै हुन्छ, जसमा रोगी ड्रगिस्ट र अल्कोहोलिक हुन्छ । दुर्घटना प्रायः झ्याल–ढोका थुनेर दाउरा, चारकोल वा कोइला बालेको कोठामा हुन्छ वा सानो ग्यारेज वा साँघुरो गलीमा मोटर यानको भीडभडक्कामा हुन्छ ।
कार्बन मोनोक्साइडको विषाक्तताले ग्रसित मान्छेलाई जब खुला हावामा ल्याइन्छ, तब पहिलो साढे एक घण्टामा शरीरबाट विषको बहिष्करण सुस्त हुन्छ । त्यसपछि बढ्छ र यदि रोगी जीवित रह्यो भने पाँचदेखि छ घण्टामा पूरा कार्बन मोनोक्साइट बाहिर निस्किन्छ । शल्यपरीक्षण गर्ने चिकित्सकलाई यस विषको चेरी रेड रूप सूत्ररूपमा याद राख्नुपर्छ । ओंठ, नाक, तालु, मुटु, आन्द्रा र यहाँसम्म कि पोस्टमार्टम लिभिडिटी पनि चेरी रेड नै हुन्छ, जबकि सबैमा पोस्टमार्टम लिभिडिटी नीलो हुन्छ । मरेको महीनौंपछि पनि रगतमा कार्बन मोनोक्साइड पत्ता लगाउन सकिन्छ । रोकथामको लागि हावामा यदि कार्बन मोनोक्साइड बढी छ भने विशेष किसिमको मास्क लगाउनुपर्छ । अमेरिकामा कोठाको १० फिटको दूरीमा कार्बन मोनोक्साइड अलार्म पनि लगाइन्छ । कार्बन मोनोक्साइड बढेपछि अलार्म बज्न थाल्छ र मानिस सतर्क हुन्छन् । अस्तु !