तर मैले ईश्वर छ कि छैन भन्ने स्पष्टरूपमा जान्न सकिनँ । यदि तिमीलाई यस सम्बन्धमा उत्सुकता जाग्यो भने तिमीले ईश्वरको खोजी गर्नु । यदि तिमीले ईश्वर भेट्यौ भने मलाई पनि बताउनू ।

यस प्रकारले आप्mना सन्तानलाई इमानदारीका साथ साँचो कुरा गर्नुपर्छ । तब मात्र छोराछोरीले सम्मान गर्नेछन् । नत्र छोराछोरीहरूलाइ चाँडै नै थाहा लाग्नेछ कि हाम्रा बाबुआमा हामीसँग झूट बोलिरहेका थिए । वास्तवमा उनीहरूलाई नै ईश्वरबारे केही थाहा थिएन, हामीलाई झूटो कुरा बताएर गए । यसको परिणामस्वरूप ईश्वर त उनीहरूको मनबाट हटेर जान्छ नै, बुबाआमा पनि मनबाट हटेर जानेछन् । बुबाआमाप्रति आदरभाव हटेर जानेछ । यसले ईश्वरप्रति श्रद्धाभाव त खतम हुने नै छ, आफ्ना बुबाआमाप्रति भरोसा पनि टुटेर जानेछ ।

जसका मातापिताले आप्mना छोराछोरीलाई भगवान् छन् भनेर बताएर गए र प्रार्थना ग¥यो भने भगवान्ले सुन्छन् र तिमीहरूको इच्छा पूरा हुन्छ भनेर बताएर गए, उनीहरूले छोराछोरीहरूलाई एउटा कपोलकल्पित धारणा दिएर गए ।

यस्ता कपोलकल्पित धारणलाई धर्म मान्नुहुँदैन । यस्तो कुनै पनि भगवान् आकाशमा, स्वर्गमा, स्वर्ण सिंहासनमा विराजमान छैनन्, जसले हाम्रो प्रार्थना सुन्छन् । हाम्रो प्रर्थानामा के हुन्छ ? गहिरिएर विचार गर्ने हो भने यसमा सुन्ने जस्तो कुरा केही हुन्छ र ?

प्रार्थानामा खुशामत छ, चम्चागिरी छ, स्तुति छ, झूटो गुणगान छ, यसबाहेक केही छैन । जसबारे हामीलाई थाहै छैन, ऊबारे ठूला–ठूला कुरा गरिरहेका छौं कि हे प्रभु १ हजुर सर्वशक्तिवान हुनुहुन्छ । यस्तो गर्नुको कारण अरू केही होइन, यति मात्र हो कि हाम्रो इच्छा उसले पूरा गरिदेओस् ।
हामी आप्mनो इच्छा पूरा गराउन चाहन्छौं । पहिलो कुरा त हामी आफैं शक्तिशाली छौं, तर हामीले हाम्रो इच्छा पूरा गर्न सकेनौं । अब हामीलाई आपूmभन्दा शक्तिशाली सुपर पावर चाहियो । सर्वशक्तिमान चाहियो जसले हाम्रो इच्छा पूरा गरिदिन्छ ।

हाम्रो प्रार्थानामा स्तुति छ, त्यसपछि शिकायतहरू छन् कि हे प्रभु १ हजूरले यो यो गलत गरिरहनुभएको छ, यस्तो हुनुहुँदैनथ्यो, यस्तो हुनुपथ्र्याे भनेर सल्लाह दिइन्छ । यही तीनवटा कुरा छन्–पहिलो चम्चागिरी, दोस्रो गुनासो र तेस्रो सल्लाह । हामी याचना गरिरहेका छौं कि यो यो चीज हामीलाई देऊ ।

कोही मानिस हामीसँग केही लिन पछिप¥र्या भने हामी प्रसन्न हुन्छौं कि अप्रसन्न ? निश्चय पनि अप्रसन्न हुन्छौं । ठीक यही कुरा भगवान र भक्तबीच भएको छ । मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च तथा फकिरहरूको मजारमा गएर भक्तहरू भिखारीजस्तै मागिरहेका छन्, प्रार्थाना गरिरहेका छन् । यी भिखारीहरूको प्रार्थना सुनेर तथा भक्तहरूको जोर जबरजस्ती देखेर भगवान त्यहाँबाट भाग्न चाहँदा होलान् ।

जबरजस्ती केही प्राप्त गर्ने भिखारीहरूको प्रार्थना र तानातान देखेर ओशो मजाक गर्दै भन्छन्– जब मनुष्य जातिमा ढोंगी पण्डित, पुरोहित, पादरी आदि थिएनन् तब परमात्मा सर्वव्यापी थिए, जब मनुष्य जातिमा यी ढोंगी पण्डित, पुरोहित, पादरी आदिको वर्चस्व हुन थाल्यो तबदेखि परमात्मा सर्वव्यापी रहेनन् । परमात्माले मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च तथा मजार सबै ठाउँ छोडिदिए । अब उनी त्यहाँ छैनन् । को सुन्न चाहन्छ यी बकवास ? यी सबै अल्छी, तामसी, डरपोक मानिस हुन्, जो आप्mनो काम आफैं गर्न चाहँदैनन् । आप्mना सबै कामना परमात्माबाट पूरा गराउन चाहन्छन् । आप्mनो धारणाकै ईश्वर भएपनि यस्तो व्यवहार गर्नु ठीक होला र ? कम से कम हामीले अलिकति सम्मानको भावना त राख्नु नै पर्छ ।

वास्तवमा भगवान्सँग प्रार्थाना गर्नु नै हुँदैन । हामी किन भिखारी बन्ने ? हामी भिखारी बनेर आपूmभित्र विराजमान परमात्माको अंश, जुन आत्मारूपमा विद्यमान छ, उसको अनादर गरिरहेका छौं । हामीमा आत्मसम्मान छैन । जहाँ आत्मसम्मान छैन, त्यहाँ परमात्माप्रति आदर पनि हुँदैन । हामी परमात्माको मान गरिरहेका छैनौं । फेरि परमात्माको प्रार्थाना गरेर हामी परमात्मालाई नोकर बनाउने कोशिश गरिरहेका छौं । अनादर पूर्वक परमात्मासँग आप्mनो काम गराउने प्रयास गरिरहेका छौं ।

पहिलो कुरा त प्रार्थना गर्नै हुँदैन । दोस्रो कुरा प्रार्थना गर्नु नै छ भने परमात्मासँग परमात्मा नै माग्नुपर्छ । क्षुद्र कुरा माग्नुहुँदैन । संसारको कामना पूरा गराउनको लागि परमात्मा बसेको छैन । यदि माग्नु नै छ, वास्तवमैं ऊसँग प्रेम गर्छौं, हाम्रो ऊप्रति लगाव छ, आदर सम्मान छ भने परमात्मासँग हामीले पूर्ण परमात्मा नै माग्नुपर्छ । त्योभन्दा कम माग्नुहुँदैन । सानातिना कुराहरू मागेर हामी उसको अनादर गरिरहेका छौं ।

ओशो भन्छन्– एकपटक दुई देशबीच युद्ध चलिरहेको थियो । भाइ भारदारहरूको प्रयासले युद्धको अन्तिम परिणाम आइरहेको थिएन । निर्णायक युद्धका लागि राजा आफैं युद्ध मैदानमा जानुपर्ने भयो । राजाले युद्धमा जाने निर्णय गरे ।

त्यो समयमा राजाका धेरैवटी रानीहरू हुने गर्थे । युद्धमा जानुभन्दा पहिले राजा सबै रानीसँग भेट्न गए । उनले सबै रानीलाई भने– जब म छिमेकी देशमाथि विजय प्राप्त गरेर फर्कनेछु, तब त्यो देशबाट तिमीहरूलाई के के ल्याइदिउँm ? राजाको कुरा सुनेर रानीहरूले आपूmलाई प्रिय लाग्ने वस्तु ल्याइदिन भने । कसैले राम्रा वस्त्र ल्याइदिन भने, कसैले गहनागुरिया ल्याइदिन भने । उनीहरूमध्ये सबैभन्दा कान्छी रानी राजालाई अगाध प्रेम गर्थिन् । उनले भनिन् – महाराज १ हजूर युद्धबाट सकुशल फर्केर आउनोस्, मेरोलागि यही उपहार हुनेछ । मेरोलागि यही सौभाग्यको कुरा हुनेछ ।

राजा जब छिमेकी देशमाथि विजय हासिल गरी देश फर्के, उनले सबै रानीलाई उनीहरूको माग अनुसार लत्ताकपडा, गहनागुरिया दिए । त्यसपछि घोषणासभाको आयोजन गरी भने– मेरी कान्छी रानीले मसँग केही पनि मागेकी थिइनन्, उनले म सकुशल आइदिए हुन्छ भनेकी थिइन् । उनले मलाई नै मागेकी थिइन् । यसैले अबदेखि म मेरी कान्छी रानीसँग मात्र बस्नेछु ।

राजाले भने– मलाई पहिलोपटक महसूस भयो कि कसैको नजरमा मेरो पनि मूल्य छ । यही हो सच्चा प्रेम । हामी कसैसँग केही माग्छौं भने यसको अर्थ हुन्छ, हामी ऊसँग सच्चा प्रेम गर्दैनौं । हामी ऊप्रति प्रेमपूर्ण छैनौं । हाम्रो आँखा उसको सामानमाथि छ, उसको सम्पत्ति माथि छ । ऊप्रति हाम्रो अलिकति पनि स्नेह छैन । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here