काठमाडौं, १७ साउन/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ७५५ दशमलव ६२ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर ४९२ दशमलव ७५ मा सीमित भएको छ । कुल पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेका छन् भने छ उपसमूहका शेयर मूल्य भने उकालो लागेका छन् ।

नेप्सेका अनुसार पाँच कम्पनीका शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।

यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैंकको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here