प्रस, वीरगंज, १६ साउन/
हरि खेतान बहुमुखी क्याम्पस, वीरगंजमा नमूना इजलासको बुधवार त्रिभुवन विश्वविद्यालय कानून सङ्कायका डिन प्राडा कृष्णप्रसाद बस्यालले उद्घाटन गरेका छन् ।

नमूना इजलासको उद्घाटन गर्दै प्रमुख अतिथि प्राडा बस्यालले नमूना इजलास स्थापनाले कानूनका विद्यार्थीहरूको अभ्यासमा थप टेवा पुग्ने बताए । उनले कानूनको अध्ययनसँगै इजलास सञ्चालनबारेमा विद्यार्थीहरू अनुभवी हुनुपर्ने बताए ।

क्याम्पस प्रमुख किशोरीराय यादवले २०४३ सालदेखि हरि खेतान बहुमुखी क्याम्पसमा कानून विषयको अध्यापन हुँदै आएको र अहिले बिएएलएलबीसम्मको कक्षा सञ्चालन भइरहेको बताए । उनले नमूना इजलासको स्थापनाले विद्यार्थीहरूलाई अध्ययनमा थप बल पुग्ने बताए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका संस्थापक सदस्य डा रामअवतार खेतान, सल्लाहकार जयप्रकाश खेतानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here