चिनाब रेल ब्रिजले कश्मीरलाई अन्य भारतीय भूगोलसँगको निकटता सिर्जना गर्ने

रेअसी, ९ साउन/एएफपी
अग्ला हिमालयको खोंचमा बनेको नयाँ रणनीतिक रेल चल्ने पुल (चिनाब रेल ब्रिज)को निर्माणले भारतलाई विवादित कश्मीरमा नियन्त्रण कायम गर्न र चीनबाट बढ्दो रणनीतिक खतराको सामना गर्न भारतीय भूगोललाई नजीक ल्याउन मदत गरेको बताइएको छ ।

बनावट र संरचनाका हिसाबले भिन्न मानिने ‘चिनाब पुल’लाई यस प्रकारको पुलमध्ये विश्वकै अग्लो पुलका रूपमा हेरिन्छ भने र अशान्त कश्मीर उपत्यकालाई पहिलोपटक रेलले विशाल भारतीय मैदानी भूभागसँग जोड्ने इन्जिनीयरिड्ढो उपलब्धिका रूपमा प्रशंसा गरिएको छ ।

पाँच लाखभन्दा बढी सैनिकको स्थायी बसोबास रहेको भारतीय सत्ताविरोधी इतिहास बोकेको यस क्षेत्रमा पुलको पूर्णताले सर्वसाधारणमा जति खुशी ल्याएको छ, त्यति नै चिन्ता पनि पैदा गरेको स्थानीयको गुनासो रहेको छ ।

भारतीय सैन्य नेतृत्वका अनुसार पुलको निर्माणले नयाँ दिल्लीसँगको निकटता र रणनीतिक फाइदालाई टेवा पु¥याएको छ ।

भारतको उत्तरी सैन्य कमान्डका अवकाशप्राप्त पूर्वप्रमुख जनरल दीपेन्द्र सिंह हुड्डाले भने, “कश्मीर जाने रेल शान्ति र युद्धकालमा महŒवपूर्ण हुनेछ ।”

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित मुस्लिम बाहुल्य रहेको कश्मीरमा तिक्ततापूर्ण प्रतिद्वन्द्विता छ र आणविक शक्तिसम्पन्न छिमेकीहरूले यसलाई लिएर युद्ध लडेका छन् ।

विद्रोही केही समूहले उक्त क्षेत्रको स्वतन्त्रताको माग गरेका छन् त केहीले यसलाई पाकिस्तानमा गाभ्न माग गर्दै ३५ वर्ष लामो विद्रोहसमेत गर्दै आएका छन् ।

कश्मीर केन्द्रीय विश्वविद्यालयमा राजनीतिका प्राध्यापक नूर अहमद बाबाले भने, “नयाँ पुलले पहिलेको भन्दा ठूलो सङ्ख्यामा आउने र जाने सैनिकहरूको आवागमनलाई सहज बनाउनेछ ।”

साथै यो पुलले सर्वसाधारण मानिस र सामानको आवागमनलाई पनि सहज बनाउने उनले बताए ।
यसले कश्मीरका केही मानिसहरूलाई असहज बनाएको छ । उनीहरूले पुलको सहज पहुँचले जमीन किन्न र बसोबास गर्न आउने बाहिरी मानिसहरूको सङ्ख्या बढ्ने विश्वास गर्छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि भूमिको स्वामित्वसम्बन्धी कडा नियम हटाइएको थियो । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्