थाई प्रधानमन्त्री थाभिसिनको मुद्दा अगस्त १४ मा फैसला हुने

बैंकक, थाइल्यान्ड, ९ साउन/एएफपी
थाइल्यान्डकी प्रधानमन्त्री स्रेथा थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्यान्डको सर्वोच्च अदालतले अर्को महीना फैसला सुनाउने भएको छ ।

गत मे महीनामा अदालतले ४० जना पूर्वसिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदन स्वीकार गरेको थियो ।

सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महीना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि स्रेथा थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको
हो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्ववकील पिचित विवादमा आएपछि स्रेथालाई जोगाउन मन्त्रिमण्डलबाट राजीनामा दिएका थिए ।

संवैधानिक अदालतले स्रेताविरुद्धको मुद्दामा अगस्त १४ मा फैसला
सुनाउनेछ ।

गलत काम अस्वीकार गर्दै आएका सिनावात्राको फेउ थाई पार्टीकी नेत्री स्रेता सिनावात्रा सन् २०२३ को चुनावपछि सेनासँग सम्बन्धित दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेकी थिइन् । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्