बन्द बकैयाखोलाबाट नदीजन्य पदार्थको चोरी–तस्करी
प्रस, निजगढ, ४ साउन/ निजगढ नगरपालिका–४ कछडिया टोलस्थित बकैयाखोलामा दिनदहाडै ट्याक्टरमा लोड गरी ढुुङ्गा चोरी, तस्करी गर्ने क्रम अझै रोकिएको छैन । खोलामा ढुङ्गा चोर्न जाँदा ट्याक्टरको टेलर बाढीमा फसेको छ । प्रत्येक वर्ष असार, साउन, भदौ तीन महीना खोलामा पस्न, त्यहाँ रहेका कुुनै पनि नदीजन्य पदार्थ वा बाढीले बगाइ ल्याएका वन पैदावर वा अन्य […]
वीरगंजको मुहार फेरिएको छ तर सन्तुष्ट छुइनँ –नगरप्रमुख सिंह
प्रस, वीरगंज, ५ साउन/ वुमन क्रिएशनको आयोजनामा शनिवार वीरगंजमा महिलाहरूलाई व्यापार तथा उद्यम क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले व्यापार प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामी सबै जुट्नुपर्ने बताए । उनले आफूसमेत वीरगंजवासीको प्रयासमा हिजोको वीरगंजको मुहारमा केही परिवर्तन भएपनि त्यसबाट […]
सामान खरीद नै नगरेर ९३ लाखको भुक्तानी
प्रस, रौतहट, ५ साउन/ फतुवाविजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको मिलेमतोमा अनियमित भुक्तानी भएको छ । फतुवाविजयपुर नपाका प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले नगरपालिकामा पछिल्लो समयमा व्यापक अनियमितता गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कामै नभएका विभिन्न योजना र शीर्षकमा रकम भुक्तानी गर्र्दै […]
छजना महिलासहित ६६ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ५ साउन/ वीरगंज महानगर–६ राणीसती अतिथि सदनमा शनिवार आयोजित रक्तदान कार्यक्रममा छजना महिलासहित ६६ जनाले रक्तदान गरेका छन् । उपकार सेवा, राउन्ड टेबल नेपाल र बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा पूनम सरावगी, वीरेन्द्र कुर्मी, प्रदीप गुप्ता, विनायक राम, विकास पटेल, नन्दकिशोर कलवार, निर्भय महतो, विनय यादव, विनोद चौधरी, नवीन गुप्ता, […]
नेपाली नक्कली नोटसहित एकजना पक्राउ
प्रस, सिम्रौनगढ, ५ साउन/ नेपाली नक्कली नोटसहित इलाका प्रहरी कार्यालय, सिम्रौनगढले एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ नपा–२ महुवाही निवासी ३५ वर्षीय छठु गिरीलाई ८५ हजार नेपाली नक्कली रुपैयाँसहित पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए । नम्बर नराखिएको अनटेस्ट होन्डा साइन मोटरसाइकलमा सवार गिरीलाई रोकेर प्रहरीले चेकजाँच गर्दा एक हजारका ८५ […]
गाँजासहित चारजना पक्राउ
प्रस, सिम्रौनगढ, ५ साउन/ सीमावर्ती भारतीय सुरक्षाकर्मीले ७८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । नेपालको आमवा कोरैया गाउँबाट भारत प्रवेश गरेका दुईजनालाई नियन्त्रणमा लिएर उनीहरूले बोकेका सामान चेकजाँच गर्दा ७८ किलो गाँजा बरामद भएको थियो । भारतीय नागरिकद्वय प्रमोद महतो र विकेश महतोले पाँचवटा कार्टुनमा सो परिमाणमा गाँजा लैजाने प्रयत्न गर्दा महुआवा थाना र […]
निजगढ राइडर्सद्वारा धार्मिक तथा पर्यटन यात्रा सम्पन्न
प्रस, निजगढ, ५ साउन/ निजगढ नगरमा रहेका विभिन्न धार्मिक मठमन्दिर, गुम्बालगायत पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले निजगढ राइडर्स क्लबको अगुवाइमा शनिवार ३७ किलोमिटर यात्रा सम्पन्न गरिएको छ । निजगढ नपा–४ कछडियाटोलमा रहेको नगरकै पुरानो पर्वतनाथ महादेव मन्दिरबाट शुुरू गरिएको सो यात्रा निजगढ बजारस्थित बुुद्धचोकमा अवस्थित मन्दिर, वडा नं ९ नदीकाँटस्थित वाक्यश्वर महादेव मन्दिर, वडा नं […]
संविधान संशोधनको बहसपछि हिन्दूवादीहरू सक्रिय
प्रस, वीरगंज, ५ साउन/ राष्ट्रिय एकता अभियान काठमाडौंले शनिवार सङ्घीय हिन्दू गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनको कुरा उठाइरहेका अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणको बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताए । उनले विशेषगरी संविधान […]
मार्शल आर्टका विद्यार्थीहरूलाई बेल्ट वितरण
प्रस, वीरगंज, ५ साउन/ शिम किक्युशिन फुल कन्टेक्ट मार्शल आर्ट अन्तर्गत माउन्ड एभरेस्ट क्लब, वीरगंजले शनिवार २९ जना विद्यार्थीलाई अपग्रेड गर्दै बेल्ट वितरण गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आज घडीअर्वा पोखरीमा आयोजित कार्यक्रममा सहभागी क्लबका १८ जनालाई अरेन्ज, पाँच/पाँच जनालाई ग्रीन र अरेन्ज तथा एकजनालाई ब्लू बेल्ट प्रदान गरेका थिए । क्लबका […]
कराँते महासङ्घको मधेस प्रदेश कमिटी गठन
प्रस, वीरगंज, ५ साउन/ किक्युशिनो फुल कन्टेक्ट कराँते महासङ्घको मधेस प्रदेश कमिटी गठन भएको छ । शनिवार रौतहट जिल्लाको बाग्मतीस्थित नूनथरमा कराँते महासङ्घका केन्द्रीय सदस्य सुवास काफ्लेको अध्यक्षतामा भएको भेलाले राजकुमार महतोको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । महतोको अध्यक्षतामा असगर खान, सञ्जीव चौधरी, धनञ्जय मिश्र, राजेश महतो, भिखारी साह कानू, शशि देवकोटा, अशेश्वर […]