११ वर्षीया बालिकाको डुबेर मृत्यु

प्रस, परवानीपुर, २ साउन/
वीरगंज–२२ जगरनाथपुर बस्ने साबिर मियाँकी ११ वर्षीया छोरा मनीषा खातुनको डुबेर मृत्यु भएको छ। मङ्गलवार साँझ ६ बजे गाउँको पूर्वपट्टि भएर बग्ने श्रीसिया खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

नुहाइरहेको अवस्थामा डुब्दा मनीषाका साथीहरूले गाउँमा खबर गरेपछि प्रहरीले उद्धार गरी थप उपचारको लागि नारायणी अस्पताल पु–याउँदा मृत्यु भइसकेको थियो। बुधवार बिहान शवको शल्यपरीक्षण गरी परिवारजनको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले जानकारी गराए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्