प्रदेशस्तरीय कुश्ती प्रतियोगितामा बाराले नौ स्वर्णपदक जित्यो

प्रस, परवानीपुर, २४ असार/

प्रदेशस्तरीय कुश्ती प्रतियोगितामा बारा जिल्लाले नौवटा स्वर्णपदक जितेको छ। पुरुषतर्फ छ र महिलातर्फ तीन गरी बारा जिल्लाले नौवटा स्वर्णपदक जितेको हो।

प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट खेलाडीहरू सहभागी थिए। जसमध्ये पुरुषतर्फ सर्वाधिक बारा जिल्लाले छ, पर्साले दुई र सप्तरी तथा धनुषा जिल्लाले एक/एक स्वर्णपदक जितेका थिए। पर्सा जिल्लाका खेलाडीले १२५ किलोको हेभी कुश्तीमा बारा जिल्लाका बुनीलाल यादवलाई पराजित गरेका थिए भने ९७ किलो तौल समूहमा बाराका दर्शनकुमार साहले पर्सा जिल्लाका तबरेज आलमलाई पराजित गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्