विवाह कुनै पनि व्यक्तिको लागि नयाँ जीवनको सुरुआत हो। विवाहपछि आप्mनो जीवन सुखमय होस् भन्ने सबैको चाहना हुन्छ तर कहिलेकाहीं दुवै वा एकजना व्यक्तिको गलतीले दाम्पत्य जीवन पूरै ध्वस्त हुन्छ। बिहेपछि पति–पत्नीबीच सानातिना झगडा हुनु सामान्य कुरा हो, जसमा गलती जोसुकैको पनि हुन सक्छ तर यो आवश्यक छैन कि हरेकपटक पतिले नै गलती गरेको होस्। कहिलेकाहीं पत्नीले पनि सम्बन्ध बिगार्न सक्ने खालका काम गर्ने गर्छन्। महिलाले पतिसँग पत्नीको रूपमा कस्तो व्यवहार गर्नुहुँदैन त्यसबारे केही केही जानकारी राखौं।

शङ्का गर्ने : विश्वास कुनै पनि सम्बन्धको बलियो आधार हो र यो पति–पत्नीको सम्बन्धमा अझ महत्वपूर्ण हुन्छ किनभने यो सम्बन्ध जीवनभर कायम राख्नुपर्छ। कैयौंपटक यस्ता घटना हुन्छन् जब पत्नीलाई पतिमाथि शङ्का लाग्छ। जस्तै : महिला साथी वा सहकर्मीसँग अनौपचारिक कुरा गर्नु वा साथीहरूसँग ठट्टा गर्नु इत्यादि। यसका लागि धेरै महिलाहरू आफ्नो पतिको फोन हेर्ने गर्छन् वा उनको चियो गर्न पछ्याउने काम गर्न पनि हच्किंदैनन्। पतिको अफेयर छ भन्ने शङ्का लाग्छ भने तपाईंले पतिको विश्वासको अपमान गर्दै हुनुहुन्छ। शङ्का गर्ने बानी जतिसक्दो चाँडो त्याग्नुपर्छ।

अत्यधिक माग : विवाहपछि पत्नीले पतिलाई राजाजस्तै व्यवहार गर्छिन्, जुन पूरै गलत होइन, तर पतिसँग धेरै माग गरेमा सम्बन्ध बिग्रन्छ र दम्पतीबीच तनाव बढ्नु स्वाभाविक हुन्छ। तपाईंले पतिको आर्थिक सीमा के हो र भविष्यका जिम्मेवारीहरूका लागि कति बचत गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ र सोही अनुसार खर्च गर्नुपर्छ।

पतिको कुनै अरू पुरुषसँग तुलना गर्ने : प्रायः पत्नीहरूले आफ्नो पतिलाई परिवारका सदस्य वा बाहिरको व्यक्तिसँग तुलना गर्ने गरेको देखिन्छ। पतिलाई यो बानी मन पर्दैन र यसले उनीहरूको सम्बन्धमा दरार पैदा गर्छ। पत्नीको यस्ता कार्यले पतिको स्वाभिमानलाई चोट पु–याउन सक्छ, किनभने अर्काे व्यक्तिसँग तुलना गरेको पतिलाई मन पर्दैन। पत्नीहरूले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि हरेक व्यक्ति आआप्mनो तरीकाले फरक हुन्छ, अर्काे व्यक्ति जतिसुकै राम्रो किन नहोस्, उसले कदापि तपाईंको पतिको स्थान लिन सक्दैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here