टैल्कम पाउडरबाट क्यान्सरको खतरा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्यान्सर अनुसन्धान एजेन्सी इन्टरनेशनल इन्स्टिच्युट फर क्यान्सर रिसर्च (आइएआरसी)ले टैल्कमलाई मानिसका लागि घातक घोषणा गरेको छ। यो पाउडरमा कार्सिनोजेनिक टक्सिन रहेको संस्थाले जनाएको छ। तर यसका लागि अझै अनुसन्धान आवश्यक रहेको एजेन्सीले जोड दिएको छ।

आइएआरसी अनुसार टैल्कम महिलामा पाठेघरको क्यान्सर निम्त्याउन सक्छ। मुसामा गरिएको अध्ययन अनुसार मुसामा टैल्क क्यान्सरसँग जोडिएको शतप्रतिशत प्रमाण फेला परेको छ। मानव कोशिकामा टैल्क कार्सिनोजोनिक भएको सङ्केत भेटिएको छ।

के हो टैल्क ? टैल्क प्राकृतिकरूपमा पाइने खनिज हो, जुन विश्वका धेरै ठाउँमा उत्खनन गरिन्छ। यो प्रायः मेकअप उत्पादनहरू जस्तै आइस्याडो, ब्लश, र टैल्कम बेबी पाउडर बनाउन प्रयोग गरिन्छ।

टैल्कले के गर्छ ? ओसिलो अवशोषित गर्न, क्र्याकिङ रोक्न, स्थिरता सुधार गर्न वा उत्पादनलाई अपारदर्शी बनाउन प्रयोग गरिन्छ।

टैल्कले कसरी क्यान्सर निम्त्याउँछ ? एउटा रिपोर्टका अनुसार सबै टैल्कको प्रयोगले क्यान्सर हुँदैन। टैल्क खनन साइटहरू सावधानीपूर्वक चयन नगर्दा जोखिम उत्पन्न हुन्छ र यो एस्बेस्टोसले दूषित हुन्छ। एस्बेस्टोस क्यान्सर निम्त्याउने यौगिक हो, जसको प्रयोगले फोक्सोमा र वरपर क्यान्सरको जोखिम धेरै गुणा बढाउँछ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्