राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरिया नगरपालिकामा शनिवार प्रथम नगर भेला सम्पन्न भएको छ।
कार्यक्रममा केन्द्रीय सदस्य डा नन्दन यादवले देशमा भएको भ्रष्टाचारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अन्त्य गर्ने बताए। उनले जनताको पक्षमा काम गर्ने र देशलाई निकास दिने रास्वपाको विकल्प नरहेको दाबी गरे।
उनले देशमा भएका ठूला काण्डहरू ठूला दल भनाउँदाहरूबाट हुने गरेको आरोप लगाए।
उनले अहिले बनेको नयाँ समीकरण सविधान संशोधनको नाममा आफूले गरेका भ्रष्टाचार ढाकछोप गर्नका लागि भएको बताए। उनले आगामी निर्वाचनमा रास्वपा देशको ठूलो दल हुने बताए।
जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुदीप प्रजापति, देवकुमारी कँडेल, उपसंयोजक तुलसा भण्डारी, क्षेत्रीय संयोजक शामे अलि, पूर्व जिल्ला संयोजक दिलीप कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए। भेलाले प्रदीप पटेलको संयोजकत्वमा ११ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ।
उपसंयोजक बैधनाथ ठाकुर, सचिव खलिल मियाँ तेली, प्रतिमा देवी, सदस्य दिलीप साहलगायत छन्।