सखुवाप्रसौनीमा सार्वजनिक सुनवाइ

प्रमोद यादव, पंचगावाँ, २१ असार/

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको आर्थिक सहयोग र सहयोगी नेपाल वीरगंजको आयोजनामा शुक्रवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पालिका अध्यक्ष यशवन्त यादव, उपाध्यक्ष शर्मिला विष्ट, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार, वडाध्यक्ष, वडा सदस्यसहित १५० जना स्थानीयको सहभागिता थियो।  कार्यक्रममा स्थानीयहरूले सेवाप्रवाहसम्बन्धी पालिकाका अध्यक्ष एवं अन्य जिम्मेवार व्यक्तिहरूसँग आफ्नो जिज्ञासा व्यक्त गरेका थिए। कार्यक्रम वडाध्यक्ष चिरञ्जीवी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नागरिक प्रतिवेदन र बर्हिगमन अभिमत प्रस्तुत गरिएको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्