प्रस, वीरगंज, २१ असार/

चुरे तथा वनजङ्गल संरक्ष्Fण अभियानको ब्यानरमा शुक्रवार बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा प्रदर्शन भएको छ।

सिराहा, सप्तरीको महेन्द्र राजमार्ग बनाउने बहानामा चिनियाँ कम्पनीले नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आएको आरोप लगाउँदै प्रदर्शन गरिएको थियो। इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट निकालिएको जुलुस नेपाल आयल निगम अमलेखगंज डिपोमा पुगेर कोणसभा गरी समापन भएको थियो।

जुलुसमा चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, नेपालमाथि अनावश्यक चिनियाँ हस्तक्षेप  बन्द गर, राष्ट्रिय स्वाधीनता कायम गरलगायतका नारा लगाइएको थियो। अभियानका केन्द्रीय सदस्य भुलावन पासवानले चुरे उत्खनन गरी विनाश गरिंदै आएको आरोप लगाए। उनले चिनियाँ रणनीति तथा विकासको नाममा तराई–मधेसमा पछिल्लो समय चिनियाँ विस्तारवादी कार्यक्रमहरू सञ्चालन भइरहेका र मधेसलाई मरुभूमि बनाउने काम भइरहेको भन्दै उनले यसबाट जोगिन सबैलाई एकजुट हुन आग्रह गरे।

कार्यक्रममा पूनमदेवी चौधरी, सुनील भान्जा, चित्रलेखा चौधरी, सुनील  कुशवाहा, सुभाष यादव, पार्वती नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here