बलिराम शुक्ला, बिरुवागुठी, २० असार/

वीरगंज महानगरपालिका–३२ टेढा गाउँको जनता सडकको खाल्डो मरम्मत नहुँदा सो सडकखण्ड भएर आवतजावत गर्नेहरूलाई समस्या भएको छ।

जीतपुरदेखि रङ्गपुरसम्मको जनता सडकका थुप्रै ठाउँमा कालोपत्र उप्किएर खाल्डो भएको छ र सोको मरम्मत नहुँदा खासगरी वर्षायाममा समस्या हुने गरेको छ। खाल्डो सडकमा पानी जमेर पोखरीमा परिणत भएको र सो बाटो भएर गुड्ने सवारीसाधनलाई समस्या भइरहेको छ।

जीतपुर, टेढा, मिलनचोक, बडनिहार, मनवा हुँदै रङ्गपुरसम्म पुग्ने सो सडक अति व्यस्त हुने गरेको र ठाउँठाउँमा कालोपत्र भत्किएर ठूलाठूला खाल्डा भएका छन्। सडक क्षमताभन्दा बढी वजनमा हेभी सवारीसाधन पनि यो सडकखण्डबाट आवतजावत गर्ने हुँदा सडक भत्किएको हो। हेभीदेखि हलुका सवारीसाधनको आवतजावत यो सडकखण्डमा भइरहन्छ।

वर्षायाममा खाल्डोमा पानी जमेको कारण कतिपटक सवारी दुर्घटना हुँदा पनि वीरगंज महानगरपालिका र सडक विभागले सडक मरम्मतमा चासो देखाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here