-श्रीमन्नारायण

नेपाल र उत्तरी छिमेकी चीनबीच कतिपय ठाउँमा गम्भीर प्रकृतिका सिमाना विवाद रहेका छन्। खासगरी चीनसित सिमाना जोडिएका सोलुखुम्बु, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, गोर्खा, दार्चुला र हुम्लामा पनि सिमाना विवाद रहेको आशयका समाचारहरू समय समयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइआएका छन्। उत्तरी छिमेकी चीनसित नेपालको करीब १४०० किलोमिटरभन्दा लामो सिमाना रहेको छ। उत्तरी सिमाना क्षेत्रमा विवाद छ भने दुवै देशका सम्बन्धित विशेषज्ञ र अधिकारीहरू वार्ताको टेबलमा बसी नक्शा एवं प्रमाणका आधारमा आआप्mनो भूभाग सहजरूपमा पाउन सक्नुपर्दछ। विसं २००६ सालमा नेपाल र चीनका अधिकारीहरूबीच भएको संयुक्त विज्ञ समूहको बैठक विगत १८ वर्षसम्म हुन सकेको थिएन। हालै चीनको राजधानी बेइजिङमा नेपाल र चीनका संयुक्त विज्ञ समूहको बैठक भएको थियो। बैठकमा नेपाली पक्षले सिमाना विवादको विषय चर्चामा ल्याए पनि चीनले यसलाई स्वीकार गर्न तयार भएन र नेपाल एवं चीनबीच कुनै पनि किसिमको सिमाना विवाद नरहेको जवाफ फर्काएको थियो। वार्तामा चिनियाँ पक्षले हामीलाई सो विषयमा विचार गर्न समय लाग्ने भएकाले सहमत हुन सक्दैनौं भनेपछि वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो।

नेपाली पक्षले सन् २००६ मा सीमा निरीक्षण कार्य जहाँ रोकिएको थियो, त्यहीबाट शुरू गर्ने प्रस्ताव गरेको थियो। चीनको सिमाना विश्वका २७ देशसित जोडिएको छ। यसमध्ये अधिकांश देशसित सिमाना विवाद रहेको छ। यद्यपि चीनले यसलाई कहिले स्वीकार गरेको छैन। चीनले तयार पारेको नक्शा बेग्लै किसिमको हुन्छ र त्यसमा केवल चिनियाँ भाषामा मात्रै नामाकरण गरिएको हुन्छ। सिमानासम्बन्धी चीनको दाबीलाई चुपचाप सहन गर्न सक्ने देशहरूसित मात्रै चीनको सिमाना विवाद छैन।

नेपालका वामपन्थी र पूर्व राजावादीहरूले व्याख्या गरेजस्तो नेपाल चीन सिमानाको विषय विवादरहित छैन। सन् १९५१ मा चीनले तिब्बतमाथि कब्जा जमाएपछि नेपालको सम्बन्ध चीनसित जोडिन पुगेको हो। त्यसभन्दा अघिसम्म नेपालको सम्बन्ध तिब्बतसित मात्रै थियो  र ल्हासाको बजार नेपाली व्यापारीहरूको आप्mनै बजार सरह थियो। विसं २०१६ सालमा विपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले चीन भ्रमणमा जाँदा चीनले सगरमाथामाथि आधा दाबी गरेको थियो। सगरमाथाको टाउको फोडेर उत्तर र दक्षिणमा विभाजन गर्न पानी ढल्लोलाई सीमा मान्ने चीनको प्रस्तावलाई विपीले अस्वीकार गरेका थिए तर सगरमाथा नेपालको मात्रै हो भन्ने ऐतिहासिक प्रमाण नेपालले पेश गरेपछि त्यति बेला चीन चुप लागेको थियो। च्याउ एनलाई, जो त्यतिबेला चीनका प्रधानमन्त्री थिए, आप्mनो नेपाल भ्रमणका क्रममा सोही प्रस्ताव दोहो–याएका थिए तर फेरि पनि उनले अस्वीकार गरिदिए। माओ त्से तुड्ढो फाइभ–फिङ्गर सिद्धान्त अन्तर्गत उनले तिब्बतलाई हत्केला र नेपाल, भूटान, सिक्किम, अरुणाचल तथा लेह, लद्दाखलाई पाँच औला बताएका थिए। यो विस्तारवादी मानसिकताको प्रकटीकरण थियो। माओको यसै सपनालाई पूरा गर्न अहिले पनि चीनले सिमानामा विवाद गर्ने गरेको पाइन्छ।

सन् २००६ को फेबु्रअरीमा नेपालको अन्तरिम व्यवस्थापिका संसद्को कृषि तथा सहकारी समितिको बैठकमा सिमानाका विषयमा चर्चा भइरहँदा केही वामपन्थी सांसदहरूले स्वभावतः दक्षिणी सिमाना मिचिएको भन्दै भारतमाथि आरोप लगाएका थिए। नेपाली काङ्ग्रेसका सांसद रामजीवन सिंहले उत्तरी सिमानाको अवस्था बताउन तत्कालीन परराष्ट्रमन्त्री साहना प्रधानसित आग्रह गर्दा मन्त्री प्रधानले उत्तरी छिमेकीले अवैधरूपमा नेपाली भूभागमाथि कब्जा जमाएको तथा गैरकानूनी तरीकाले पर्यटकहरूलाई हिमालय आरोहण गराउने गरेको तर नेपाललाई एक सुका पनि नदिएको जवाफ दिएकी थिइन्। पूर्व प्रवक्ता राष्ट्रमन्त्री उपेन्द्र यादवले पनि चीनसँग सिमाना विवाद रहेको कुरा भनिसकेका छन्।

चीन कहिले सगरमाथा क्षेत्रमा प्रयोगशाला स्थापना गर्ने, कहिले होटल निर्माण, कहिले ओलम्पिक खेलपूर्व ओलम्पिक टर्च पु–याउने कामले हाम्रो राष्ट्रिय गौरव सगरमाथाको सम्मान गर्न नचाहेको प्रस्ट देखिन्छ। चार वर्ष अघि सिजिटिएनको समाचारमा सगरमाथालाई चीनको भूभागको रूपमा देखाइएको थियो। नेपालले त्यसमा आप्mनो आपत्ति जनाएपछि चिनियाँ सञ्चारमाध्यमले त्यसलाई चीन र नेपालको सिमानामा भनेर देखाएको थियो। नेपाल सानो देश अवश्य हो, तर आत्मसम्मान र स्वाभिमान कमजोर छैन। हामी आप्mना छिमेकी राष्ट्रहरूसित सुमधुर र सकारात्मक सम्बन्ध राख्न चाहन्छौ। उत्तरी छिमेकी जस्ता विश्वशक्तिले यस कुराको अवश्य पनि ख्याल गर्नेछ।

कोभिड–१९ को प्रकोप उत्कर्षमा रहेका बेला नेपाली काङ्ग्रेसका एकजना नेताले हुम्ला जिल्लाको लिमी क्षेत्रमा नेपालतिर चीनले धेरै भूभाग कब्जा  गरेको तथा त्यसमा एक दर्जन जति घरहरू बनाएको आरोप लगाएको थियो। त्यसको केही समयपछि गोर्खा जिल्लाको सिमावर्ती रूई गाउँँको भूभागलाई पनि चीनले कब्जा गरेको आरोप नेपाली काङ्ग्रेसका एकजना वरिष्ठ नेताले लगाएका थिए। सङ्खुवासभाको किमाथाङ्का र चेपवा गाविसका जनताको पनि कमोबेस यस्तै आरोप रहेको छ। त्यस क्षेत्रमा नेपालीहरूले आप्mनो भूभागमा बस्दा करसमेत तिर्नुपरेको गुनासो भोटेखोला, हटिया, पावरखोला एवं चेपवा गाउँँका जनताको रहेको छ। मुस्ताङ र रसुवाको जनताले पनि यस सम्बन्धी गुनासो पोखिसकेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले पनि २०७२ देखि २०७६ सम्म सीमा क्षेत्रको स्थलगत प्रतिवेदन जारी गरी चीनद्वारा अतिक्रमित ९९ रोपनी नेपाली भूभाग फर्काउन कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिइसकेको छ। भनिन्छ नेपाल र चीन सिमानाकामा तीनवटा सीमा स्तम्भ हराएको छ। गोरखामा ३५–३७ र ३८ तथा सोलुखुम्बुको नाम्चामा ६२ नम्बर स्तम्भ हराएको विषय चर्चामा आएको थियो। सिमानाका समस्या दार्चुला, हुम्ला, रसुवामा पनि देखिएको समाचार प्रकाशित भएका छन्। नेपाल–चीन संयुक्त विज्ञ समूहको आगामी बैठकमा दुवै पक्षबीच सहमति भई सीमा निरीक्षणको काम हुने तथा र तथ्य प्रमाणका आधारमा नेपालले आप्mनो भूभाग भोग गर्न पाउनुपर्छ।

२०१७ साल पुस १ गतेको घटनापछि राजा महेन्द्रले आप्mनो शासनसत्ता टिकाउन चीनको प्रस्ताव स्वीकार गर्दै सगरमाथाको उत्तरी पाटोसहित चार लाख हेक्टर नेपाली भूभाग उपहारस्वरूप चीनलाई सुम्पिदिए। सन् २०११ मा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले नेपालका कम्युनिस्टहरूको राष्ट्रिय स्वाधीनताको नाराप्रति कठोर टिप्पणी गर्दै कालापानीको कुरा उठाउनेहरूलाई सगरमाथाको पनि कुरा उठाउन चुनौती दिएका थिए। राजा महेन्द्रले पञ्चायत टिकाउन कालापानीमा भारतीय सेना बस्न दिएको र सगरमाथाको उत्तरी भाग चीनलाई दिएको यथार्थ बिर्सेर नेपालका कम्युनिस्टहरूले केवल चीनलाई खुशी पार्न कालापानीको विषय उठाउने गरेको आरोप खुलारूपमैं लगाएका थिए।

त्यसैगरी नेपालका प्रसिद्ध उपन्यासकार डायमन्ड शमशेरको जीवनीमा आधारित सेकेन्ड लेप्mिटनेन्टदेखि नक्खुजेलसम्म शीर्षकको पुस्तकको पृष्ठ २४० मा डाइमन्ड शमशेरले राजा महेन्द्रमाथि यो आरोप लगाएका थिए कि पञ्चायत टिकाउनका लागि राजा महेन्द्रले नेपालको कालाखाड पर्वत क्षेत्रसहित चार लाख हेक्टर नेपाली भूभाग चीनलाई सुम्पेका थिए। अक्सफोर्ड प्रकाशनद्वारा प्रकाशित यस पुस्तकका लेखक हेमाङ्गराज गिरी रहेका छन्। चीनसित सिमाना सम्झौता हुनुभन्दा अघिसम्म त्यस भूभागमा नेपालीहरू भेंडा–च्याङ्ग्रा चराउने गर्दथे।

त्यतिबेला एक अधिकारी दमनराज तुलाधरले आफैंले लेखेको एक पुस्तक ‘दमनराज तुलाधर’ प्रकाशित गरी नेपाल चीन सीमा विषयसँग सम्बन्धित आफ्नो अनुभव उल्लेख गरेका थिए। सङ्ग्रह प्रकाशनद्वारा विसं २०३३ साल (सन् १९७६ सालमा) प्रकाशन गरिएको उक्त पुस्तकको वितरक साझा प्रकाशन रहेको छ। उनले किताबमा उल्लेख गरे अनुसार राष्ट्रध्यक्षहरूको स्तरमा सीमाङ्कन भएको नक्शा सार्वजनिक भइसक्दा पनि सिमाना छुट्याउने काम भएको थिएन।

विसं २०१९ सालमा सीमा स्तम्भ खडा गर्ने कामको थालनी भएको थियो।  मन्त्रालयका उपसचिव भएका कारण सुदूरपश्चिममा १८ वटा पिलर खडा गर्ने जिम्मा उनलाई दिइएको थियो तर उनलाई न यस सम्बन्धी कुनै प्राविधिक ज्ञान थियो, न तालीम नै। केवल त्यस क्षेत्रमा काम गर्न जान कोही नमानेकाले उनले जानुपरेको थियो। सीमाङ्कन कसरी गर्ने भन्ने जनशक्ति पहिले न नेपालसित थियो, न तिब्बत सित नै। सीमा स्तम्भ खडा गर्ने कामकै सिलसिलामा खोपरनाथ जाने बाटोमा मानसरोवर र राक्षस दह पर्दछ त्यहाँ उनले पवित्र मानसरोवरमा स्नान गरेपछि चिनियाँहरूले उनलाई नियन्त्रणमा लिएको जानकारी गराए (पृष्ठ २७६)। उनी त अनुशासित कर्तव्यनिष्ठ कर्मचारीका नाताले त्यहाँ गएका थिए तर चिनियाँहरूले उनलाई आप्mनो नियन्त्रणमा लिई आपूmखुशी सीमा स्तम्भ खडा गर्ने काम गरेको आरोप लगाएका छन्। नेपाली कर्मचारीहरूलाई दबाबमा पारेर नै चिनियाँहरू सीमा स्तम्भ खडा गर्ने काम गरेको उनको आशङ्का रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here