स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा रु १,६०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधवार प्रतितोला रु १,४२,७०० मा कारोबार भएकोमा बिहीवारका लागि भने रु १,४४,३०० निर्धारण भएको छ।
यसैगरी, तेजाबी सुन बुधवार प्रतितोला रु १४२ हजारमा कारोबार भएकामा आजको लागि रु १,४३,६०० तोकिएको छ । चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ। बुधवार प्रतितोला रु १,८२५ मा कारोबार भएको चाँदीको मोल आजका लागि रु १,८६५ निर्धारण भएको छ।