पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु

गोदार (धनुषा), २० असार/रासस

धनुषामा पोखरीमा डुबेर बिहीवार तीनजना बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो।

दिउँसो पोखरीमा नुहाउने क्रममा करीब १०–१२ वर्ष उमेर समूहका तीनजना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन्।

बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए। तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्