धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य एक अङ्कले उकालो लागेर ३६१ दशमलव ७७ मा पुगेको छ। कुल ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ मूल्यमा खरीद–बिक्री भएको छ। नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शून्य सात प्रतिशतले कमाएका छन्।
नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव ९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन्।