प्रस, पोखरिया, १६ असार/

ठोरी गाउँँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सरोकारवालाहरूसँगको अन्तर्क्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ। गाउँँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापालगायत ठोरी गाउँँपालिकाका माध्यमिक र आधारभूत विद्यालयहरूका सामाजिक शिक्षकहरूको सहभागिता थियो।

सामी कार्यक्रमका हेम चापागाईंले सहजीकरण गरेको कार्यक्रममा आगामी दिनमा ठोरीका विद्यालयहरूसँग सामीको समन्वयमा विशेष कार्यक्रम सञ्चालनको लागि रणनीति निर्माण गरिने बताइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here