प्रस, वीरगंज, १६ असार/

सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याकाण्डमा जन्मकैदको सजाय भएपछि फरार रहेका मधेस प्रदेशसभाका पूर्वसदस्य एवं लोसपाका नेता कौशलकुमार यादव पक्राउ परेका छन्।

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरीभण्डाबाट शनिवार राति उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्ष्Fक सन्तुलाल जैसवालले बताए। मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा विकको निर्मम हत्या भएको थियो। पक्राउ परेका नेता यादव महोत्तरी क्षेत्र नं ४ (क)बाट प्रदेशसभा सदस्यमा २०७४ सालमा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचन अघि जसपा नेपालले यादवलाई पार्टीबाट निष्कासन गरेको थियो।

उनी लोसपाबाट चुनाव लडेर हारेका थिए। अदालतमा मुद्दा विचाराधीन रहँदा उनी फरार थिए। महोत्तरी जिल्ला अदालतले गत वर्ष मङ्सिर २८ गते लोसपा संसदीय दलका नेता अविराम शर्मासहित सातजनालाई जन्मकैद सुनाएको थियो। एमाले सांसद लक्ष्मी महतो र पुर्पक्षको लागि थुनामा रहेका पवन कापरले अदालतबाट यो मुद्दामा सफाइ पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here