पत्नीको घाँटी थिची कर्तव्य गरी मारेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ।
जेठ ३२ गते बिहान ४ः३० बजे जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं ५ बस्ने ३४ वर्षीय मसुद आलम लहेरीले जेठी पत्नी ३७ वर्षीया नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची मारेको प्रहरी जनाएको छ।
सो घटनाको सूचना प्राप्त भएपछि जिप्रकाबाट अनुसन्धान अधिकृतको टोली घटनास्थलमा खटी घटनास्थलमा लाशको जाँच मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको जिप्रका, रौतहटले जनाएको छ।
पति लहेरीले सोधपूछको क्रममा जेठी पत्नी नजाबुन नेसालाई कुटपिट गरी घाँटी थिची मारेको स्वीकारेको प्रहरीले जनाएको छ। लहेरीलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट
म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिप्रका, रौतहटकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताएकी छन्।