प्रस, सिम्रौनगढ, १ असार/

भाषा, साहित्य, सांस्कृति, कला, गीत सङ्गीत नाट्यसम्बन्धी एकदिवसीय  अन्तर्संवाद कार्यक्रम आज कलैयास्थित कटिया स्टेशनको सभाकक्षमा सम्पन्न भएको छ।

मधेस प्रज्ञा प्रतिष्ठानको अध्यक्ष  रामभरोस कापडीको प्रमुख आतिथ्य एवं नयाँ कदमका अध्यक्ष रञ्जित पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी भाषा साहित्य, नाट्य, गीत, सङ्गीत, कला बारे समूहगत अन्तर्संवादसहित प्रस्तुति गरिएको थियो।

प्रस्तोताहरूमा रामप्रसाद साह, धनीलाल साह, सुरेश मोदक, अरुणकुमार ओझा, उत्तिमलाल चौरसिया, ओमप्रकाश उपाध्याय, बिन्देश्वरी ठाकुरलगायत थिए।

कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका अधिकृत दानीकान्त झा, सदस्य दिनेशकुमार यादव, देवनारायण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका सदस्य देवनारायण यादवले स्वागत र प्रिया मिश्र तथा अनुराधा अधिकारीले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here