पर्साका ११ वटा पालिकामा गर्मी बिदा

प्रस, वीरगंज, १६ जेठ/

अत्यधिक गर्मी बढेसँगै पर्सा जिल्लाका ११ वटा पालिकाले विद्यालयहरू बन्द गरेका छन्।

वीरगंज महानगरपालिकाबाट शुरू भएको बिदा अभियान अहिले ११ वटा पालिकामा शुरू भएको छ। १४ वटा पालिका रहेको पर्सा जिल्लामा ठोरी, जीराभवानी र पटेर्वासुगौलीबाहेक सबै पालिकाले बिदा दिएका छन्।

जेठ १६ देखि १८ गतेसम्म तीन दिन बिदा दिइए पनि अब विद्यालय भने जेठ २० गतेदेखि सञ्चालनमा आउने भएको छ। १९ गते शनिवार परेकोले गर्मी बिदा चार दिन भएको हो। वार्षिक बिदाबाट कट्टा हुने गरी यो बिदा दिइएको पालिकाहरूले जनाएका छन्।

सखुवाप्रसौनी गापाले कक्षा १ देखि ७ सम्म बिदा दिएको छ भने ८ देखि कक्षा १० सम्म सञ्चालन गर्दै आएको छ। पर्सा जिल्लामा गर्मी अत्यधिक बढेको र विद्यालयहरूमा विद्यार्थीहरू बेहोश हुन थालेपछि विद्यालय बन्द गरिएको हो।

पर्सामा अहिले ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ र आगामी तीन दिन तापक्रम अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्