पोखरियामा अतिक्रमण हटाउन शुरू

प्रस, पोखरिया, १६ जेठ/

पोखरिया नगरपालिका–९ शिवबर्वामा सडक, नाला निर्माणका लागि अतिक्रमण हटाउने कार्य भएको छ। ३० फिट चौडा सडकसँगै दुवै किनारमा नाला निर्माण गर्न लागिएकोले सडकमा परेका घरटहराहरू हटाउने कार्य शुरू भएको वडाध्यक्ष नौशाद आलमले बताए। पोखरिया नपाले ३२ लाख रुपैयाँको लागतमा सो स्थानमा सडक, नाला निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्