प्रस, पोखरिया, १६ जेठ/

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरिया नगरपालिका–४ मा छात्रावास र धर्मशाला निर्माण हुने भएको छ।

प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले २० लाख रुपैयाँको लागतमा निर्माण हुने पक्की चार कोठे छात्रावास र १० लाख रुपैयाँको लागतमा निर्माण हुने धर्मशालाको बुधवार शिलान्यास गरेका छन्। उनले छात्रावास र धर्मशालाको निर्माण कार्य तोकिएको मितिमा गुणस्तरीय कार्य गरी सम्पन्न गर्न निर्देशन दिए। उनले निर्माण कार्यको निगरानी गर्न स्थानीयलाई आग्रह गरे। निगरानी गरिएमा मात्र ठेकेदारले बदमाशी गर्ने अवसर नपाउने भन्दै राम्रो काम गराउन निगरानी गर्नेुपर्ने बताए।

कार्यक्रममा निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार, श्रीकृष्ण चौहान, सुरेन्द्र सिंह, रामवचन महतो, रामबाबू चौहान, वडाध्यक्षहरू लछुमन साह कानू, सोनालालप्रसाद गोढ, सकिम मियाँलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here