अत्यधिक गर्मीले पर्सामा पहिलो चरणको खोप प्रभावित

प्रस, वीरगंज, १६ जेठ/ पर्सा जिल्लामा पहिलो चरणको राष्ट्रिय खोप अभियान प्रभावित भएको छ। जेठ १३ गतेदेखि सञ्चालित राष्ट्रिय खोप अभियान अन्तर्गत पर्सा जिल्लाका आठवटा पालिकामा पहिलो चरणको खोप अभियान शुरू भएकोमा बुधवार समापन भएको छ। १६ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अन्तर्गत वीरगंज महानगरपालिकाका १ देखि १६ वटा वडा, बहुदरमाई नपा, छिपहरमाई, पकाहामैनपुर, […]

वीरगंजका अस्पतालहरूको अनुगमन

प्रस, वीरगंज, १६ जेठ/ वीरगंज महानगरपालिकाले हिजो दुईवटा अस्पतालको अनुगमन गरेको छ। महानगरपालिकामा रहेका अस्पतालहरू वार्षिकरूपमा नवीकरण गर्नुपर्ने प्रावधानअनुरूप महानगरको स्वास्थ्य महाशाखामा परेको निवेदनमध्ये हिजो वीरगंज–१३ स्थित नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र वीरगंज–८ पानीटङ्कीस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा अनुगमन गरिएको थियो। वीरगंज महानगर स्वास्थ्य महाशाखा अन्तर्गत वडाध्यक्ष्F उमाशङ्कर तिवारीको संयोजकत्वमा गठित अनुगमन […]

१३ लाख नक्कली नोटसहित चारजना पक्राउ

प्रस, वीरगंज, १६ जेठ/ जिल्ला प्रहरी कार्यालय, बाराले १३ लाख नक्कली नेपाली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना भारतीय र तीनजना नेपाली रहेको बुधवार पत्रकार सम्मेलन गरी जिप्रका, बाराले जनाएको छ। बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले भारत, बिहार, मोतिहारी जिल्ला निवासी ४० वर्षीय महम्मद आलम, बारा जिल्ला कोल्हवी नगरपालिका–६ […]

वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्न आजपाको माग

प्रस, वीरगंज, १६ जेठ/ आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन्। मङ्गलवार वीरगंज नगर सभागृहमा आजपाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी व्यापारीहरूको मनोबल बढाउनुपर्ने बताए। अध्यक्ष साहले देशको कुल राजस्वमध्ये ६० प्रतिशतभन्दा बढी पर्सा, बाराबाट उठ्ने गरेकोमा सरकारले अहिलेसम्म वीरगंजलाई उपेक्षा गरेको […]

पर्साका ११ वटा पालिकामा गर्मी बिदा

प्रस, वीरगंज, १६ जेठ/ अत्यधिक गर्मी बढेसँगै पर्सा जिल्लाका ११ वटा पालिकाले विद्यालयहरू बन्द गरेका छन्। वीरगंज महानगरपालिकाबाट शुरू भएको बिदा अभियान अहिले ११ वटा पालिकामा शुरू भएको छ। १४ वटा पालिका रहेको पर्सा जिल्लामा ठोरी, जीराभवानी र पटेर्वासुगौलीबाहेक सबै पालिकाले बिदा दिएका छन्। जेठ १६ देखि १८ गतेसम्म तीन दिन बिदा दिइए पनि अब […]

वीर दल गणको संयोजकत्वमा संयुक्त प्रहर्शनी

प्रस, रौतहट, १६ जेठ/ मनसुनको समयमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विपत्को जोखिमबाट सुरक्षा दिलाउने उद्देश्यले वीर दल गणको संयोजकत्वमा अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरूको सहभागितामा बुधवार गौर नगरपालिकाको बरहवा तालमा अभ्यास मनसुन–४ को संयुक्त प्रदर्शनी भएको छ। सो प्रदर्शनीमा जिल्ला समन्वय समिति, रौतहटका सभापति रामअयोध्याय राय यादवले रौतहट वासी […]

पोखरियामा अतिक्रमण हटाउन शुरू

प्रस, पोखरिया, १६ जेठ/ पोखरिया नगरपालिका–९ शिवबर्वामा सडक, नाला निर्माणका लागि अतिक्रमण हटाउने कार्य भएको छ। ३० फिट चौडा सडकसँगै दुवै किनारमा नाला निर्माण गर्न लागिएकोले सडकमा परेका घरटहराहरू हटाउने कार्य शुरू भएको वडाध्यक्ष नौशाद आलमले बताए। पोखरिया नपाले ३२ लाख रुपैयाँको लागतमा सो स्थानमा सडक, नाला निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले बताए।

टायरगाडामा गोलियासहित एकजना पक्राउ

प्रस, बिरुवागुठी, १६ जेठ/ विन्ध्यवासिनी कोइलाभार साझेदारी वन क्षेत्रबाट चोरी तस्करी गरी टायरगाडामा सालको काठ ल्याउँदै गरेको अवस्थामा बुधवार बिहान गोलियासहित एकजना पक्राउ परेका छन्। बिहान दुई बजे सखुवाप्रसौनी गाउँपालिका–१ बेलटोक गाउँनजीकबाट  सबडिभिजन वन कार्यालय बडनिहारका जमदार जीतबहादुर तामाड्ढो नेतृत्वमा वनगस्ती टोलीले ३५ क्युफिट गोलियासहित सखुवाप्रसौनी गापा–१ सथवल निवासी भुपेन्द्र चौधरीलाई पक्राउ गरेको छ। पक्राउ […]

छात्रावास र धर्मशालाको शिलान्यास

प्रस, पोखरिया, १६ जेठ/ मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरिया नगरपालिका–४ मा छात्रावास र धर्मशाला निर्माण हुने भएको छ। प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले २० लाख रुपैयाँको लागतमा निर्माण हुने पक्की चार कोठे छात्रावास र १० लाख रुपैयाँको लागतमा निर्माण हुने धर्मशालाको बुधवार शिलान्यास गरेका छन्। उनले छात्रावास र धर्मशालाको निर्माण कार्य तोकिएको मितिमा गुणस्तरीय […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्