वीरगंज (पर्सा), ९ जेठ/रासस

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बारा जिल्लाका २१२ वटा उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरेको हो ।

केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाई’ लिएका ‘एचटी मिटरिङ युनिट’ (ट्रान्सफर्मर) जडित क्षमता दुई सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरिएको हो ।

केन्द्रका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई ‘शून्य दशमलव  दुई एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीति अनुसार नयाँ स्मार्ट मिटर निश्शुल्क जडान गरेको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणको केन्द्रीय कार्यक्रम अन्तर्गत नै पर्सा र बाराका २१२ वटा उद्योगमा निश्शुल्क स्मार्ट इनर्जी मिटर जडान गरिएको बताए ।

“स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिड्ढा लागि जानुपर्दैन,” उनले भने, “विगतमा जस्तै टिओडी मिटर डाउनलोड गरिरहनुपर्ने झन्झट पनि हुँदैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा स्मार्ट इनर्जी मिटर जडान भएको उद्योगले खपत गरेको विद्युत्को अभिलेख रहन्छ । हामीले पनि अनलाइन सिस्टमबाटै रेकर्ड हेरेर बिलिङ गर्न सक्नेछौं ।”

प्राधिकरणले एउटा उद्योगमा रु ७२ हजार रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ । कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न रु एक करोड ५२ लाख ६४ हजार रकम लागेको जनाएको छ । उद्योगीले महीनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ  । “कुन उद्योगमा कति विद्युत् खपत भइरहेको छ । कुनमा खपत भइरहेको छैनलगायत विवरण पनि यो मिटरबाट थाहा हुन्छ,” कार्यालय प्रमुख दुबेले भने, “यसले विद्युत्को माग र आपूर्तिबीच पनि तालमेल गराउन निकै ठूलो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”  कार्यालय प्रमुख दुबेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने दुईजना जनशक्तिको भार पनि कम भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here