गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ ।
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्पmत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायबारे सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलवार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए ।
उनले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्पmत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देश उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्पmत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ ।
सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्ति प्रयोग गर्न पनि भनिएको छ ।
एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुर्ई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेश अनुसार महŒवपूर्ण लागेका सन्देश धेरैजनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरू स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ ।
स्थानीय सञ्चारमाध्यममा दैनिक/साप्ताहिक/अर्धमासिकरूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ ।
‘लू’ र यसबाट बच्ने उपाय
गर्मी मौसममा असामान्यरूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ । यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकाहीं मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शरीरमा कस्तो असर देखिन सक्छ ?
चिकित्सकका अनुसार थकान र कमजोरी महसूस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने । हातगोडा वा अनुहार सुन्निने र बेहोश हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेंलो हुने, श्वास फेर्न गा¥हो हुने र रक्तचाप हुने हुन्छ ।
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोश हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ ।
लू लागेमा के गर्ने ?
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्नेगरी लुगा खुकुलो बनाइदिनुपर्छ । बिरामी होशमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चीसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिनुपर्छ । यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजीकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ ।
आफू र अरूलाई कसरी जोगाउने ?
चर्काे घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतवारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्काे घाममा नहिंड्ने, काम गर्नै परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको शर्बत, कागती पानी र फलपूmल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।
पत्रु खाना (जङ्कपूmड) नखाने, घरमैं बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्नुपर्छ । यस्तै, छोराछोरीलाई माथि भनिएका उपाय गर्न लगाउने, दिउँसोको चर्काे घाममा खेल्न जान नदिने, लूका कारण गा¥हो भएमा तुरुन्तै नजीकको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकोले उनीहरूलाई माथि भनिएका जोगिने उपाय सिकाउनुपर्छ ।
‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार
सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ ।
‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । मङ्गलवार प्रतिकार्य योजनाले पूर्णता पाएको हो । प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उनले बताए ।
अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेको बेला यसपालि प्रतिकार्य योजना नै तयार पारी लागू गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार हुनेगरी कार्ययोजना तयार पारिएको छ ।
उक्त कार्ययोजनामा जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, लूबाट बच्ने उपायका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, शर्बतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, भीडभाड नियन्त्रण गर्ने, दिउँसो धेरै हिंड्डुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमता अनुसार मात्रै यात्री राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान–बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् ।
यस्तै, प्रतिकार्य योजनामा लूसम्बन्धी जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना पालिकातहसम्म पु¥याउने रहेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव भरतमणि पाण्डेको नेतृत्वको टोलीले उक्त प्रतिकार्य योजना तयार गरेको हो । यही योजना अनुसार हरेक जिल्लामा कार्य गर्नेगरी मन्त्रालयले आवश्यक निर्देशन दिएको उनले बताए ।
अहिलेसम्म नेपालमा तातो हावाको लहर र यसबाट बच्ने उपायका विषयमा ठोस कदम चालिएको छैन । रेडक्रसले नेपालगंजमा केही कार्यक्रम शुरू गरेको भए पनि सरकारी तहबाट काम हुन नसकिरहेका बेला अब भने व्यवस्थितरूपमा कार्य गर्नेगरी कार्य योजना निर्माण गरेर काम अघि बढाइएको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलले तातो हावाको लहरले प्रत्यक्षभन्दा अप्रत्यक्षरूपमा बढी क्षति पु¥याउने बताए । नेपालमा वार्षिक ०.०५२ प्रतिशतले अधिकतम तापक्रम बढिरहेको छ । न्यूनतम तापक्रम पनि ०.००२ प्रतिशतले वृद्धि भइरहेको मौसमविद्हरूले बताएका छन् ।
नेपालको तराईका २२ जिल्ला तातो हावाको लहरबाट बढी प्रभावित छन् । यसपालि गर्मी बढ्ने र वर्षा पनि बढी हुने आकलन जल तया मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । त्यसैले गर्मीबाट नागरिकको ज्यान बचाउन र जनजीवन प्रभाविन हुन नदिन प्रतिकार्य योजना निर्माण गरी लागू गर्न लागिएको हो ।