सिराहा, ३ जेठ/रासस

सिराहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ। कोदालो प्रहारबाट बधुरामको घटनास्थलमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ।

लामो समयदेखि जमीन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमैं भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुन सक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए।

अध्यक्ष महतोका अनुसार दुईजना सँधियारबीच लामो समयदेखि जमीनको विषयमा मुद्दा चलिरहेको थियो। घटना भएयता बचाइ फरार छन्। उनको खोजी भइरहेको जिप्रका, सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here