प्रस, वीरगंज, २ जेठ/

नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले जिल्ला कार्यसमिति विस्तार गरेका छन् । उनले जिल्ला कार्यसमितिको सदस्यमा सातजना थप गरेका छन् भने १८ जना आमन्त्रित सदस्य बनाएका छन् ।

पुराना काङ्ग्रेस कार्यकर्ताहरूमध्ये दिना गुप्ता, एकबाल हुसेन ठकुराई, चुमन चौधरी, दीपेन्द्र कुर्मी, शम्भु मिश्र, रामनिवास यादव, हरिन्द्र यादवलाई जिल्ला कार्यसमिति सदस्य बनाएका छन् भने गापाका पूर्व तथा वर्तमान अध्यक्ष, उपाध्यक्ष्Fहरूलाई आमन्त्रित सदस्य बनाएका छन् ।

नेका, पर्सा कार्यालयमा बुधवार सभापति क्षत्रीले जिल्ला समिति सदस्य र आमन्त्रित सदस्यहरूलाई मनोनयनपत्र वितरण गरेको नेका पर्साका सचिव दिनेशकुमार चौधरीले विज्ञप्तिमार्पmत जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here