प्रस, वीरगंज, २ जेठ/

भारतको अयोध्यास्थित राममन्दिरका मुख्य आचार्य दुर्गाप्रसाद गौतमले बुधवार वीरगंजका धार्मिकस्थलहरूको दर्शन गरेका छन् ।

नगरप्रमुख राजेशमान सिंह, महानगरपालिकाका सद्भावना दूत अशोक बैद, नगरप्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायतको टोलीसहित मुख्य आचार्य गौतमले वीरगंज महानगरको घडीअर्वास्थित रामजानकी मन्दिर, गीतामन्दिर, गहवामाई मन्दिरलगायतको दर्शन गरेका थिए ।

सो अवसरमा नगरप्रमुख सिंहले महानगरमा रहेका मन्दिरहरूको सौन्दर्यीकरण भइरहेको र केही मन्दिरको काम बाँकी रहेको बताए । उनले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आपूmले अभियान चलाएको दाबी गरे ।

मुख्य आचार्य गौतमले नगरप्रमुखले धार्मिकस्थलहरूको संरक्षण र सौन्दर्यीकरणमा चासो लिएकामा उनको प्रशंसा गरे । उनले वीरगंज महानगरमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको र यहाँका मानिसहरूलाई अयोध्या दर्शन गर्न र त्यहाँबाट वीरगंजमा धार्मिकस्थलको दर्शन गर्न वातावरण मिलाउने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here