काठमाडौं, २ जेठ/रासस

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । बुधवार परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज ३१५ कम्पनीका ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक खरीद–बिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फन्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह शून्य दशमलव ८० र अन्य समूह शून्य दशमलव ९४ प्रतिशतले घटेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको रु ११ करोड ८९ लाख ९५ हजार ३६४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी दुई लाख ४१ हजार ८९७ कित्ता शेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here